PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

सामाजिक सञ्जालमा झुल्केका शीर्ष नेतालाई प्रश्न : कोरोनाले निम्त्याएको संकटमा बोलीमात्रै रहने कि, काम पनि गर्ने?



प्रकाश भण्डारी

सामाजिक सञ्जालमा झुल्केका शीर्ष नेतालाई प्रश्न : कोरोनाले निम्त्याएको संकटमा बोलीमात्रै रहने कि, काम पनि गर्ने?

काठमाडौं : 'विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो। तर सरकारको लकडाउनले दैनिक ज्यालादारी र न्युन आय भएकाहरुको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक छ। कोरोनाबाट सुरक्षित हुँदाहुँदै कोही कसै पनि भोकमरीको सिकार बन्न नपरोस्। म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। जय नेपाल।'

विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लक डाउन उत्तम विकल्प हो। तर सरकारको लक डाउनले दैनिक ज्यालादारी र न्युन आय...

Posted by Sher Bahadur Deuba on Wednesday, March 25, 2020

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीवार दिउँसो १२ बजे फेसबुकमा स्टाटस लेखे।

'अर्कालाई अनुरोध अरु नै गर्छन् तपाई के गर्नुहुन्छ भन्ने सवाल हो! माग राख्न आन्दोलन गर्न सिकाउनु पर्दैन यो राष्ट्रिय बिपतिमा सहयोग चाहिएको छ', देउवाको स्टाटसमा माधवप्रसाद दाहालले कमेन्ट गरेका छन्।

देउवालाइ सुझाव दिँदै चन्द्र खत्रीले लेख्छन्,'फ्रन्ट लाइनमा  काम गर्ने स्वास्थ्य र सुरक्षाकर्मीको लागि पिपिइको ब्यबस्थाको लागि पहल गर्नुस चार पटकको पिएमज्यू। अनि बिस्तारै राहतका लागि लाग्नुस।'

देउवाले मात्रै होइन नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले पनि फेसबुकमा स्टाटस् लेखेका छन्। नेपालको स्टाटस्को अन्तिम लाइन छ, 'विपन्न तथा दैनिक कमाएरमात्र खान पाउने परिवारहरूलाई खाना उपलब्ध गराउन तथा अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तीनै तहका सरकारहरुसहित सम्बन्धित सबैको विशेष ध्यानाकर्षण गर्दछु।'

 

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, विश्वभरि नै महामारीको रूप लिएको COVID-19 (कोरोना भाइरस)को प्रकोप नियन्त्रणका लागि...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Thursday, March 26, 2020

नेपालले आफ्नो फेसबुक पेजमा बिहीवार दिउँसो १ : ५७ मा स्टाटस् लेखे।

उनको स्टाटस्मा कमेन्ट गर्दै त्रिविक्रम कुँवरले लेखेका छन्,'पुरै देश कोरोना भाइरसको त्रासमा बसेको अवस्थामा नेताहरुले जनतालाई मात्र खोक्ने हो कि सिंहदरबारमा बसेका आफ्ना महाराजाहरुलाई पनि झक्झक्याउने हो? सुदुर पश्चिमलगायत दुरदराजका पीडितले अझै कोरोना परीक्षण गर्न टेकु नै धाउने कि सुदुर पश्चिमलगायत स्थानीय तहमै ल्याब स्थापना गराउने? देशभरीका बिरामीले टेकु कै मुख ताक्ने भए किन स्थानिय तह किन प्रदेश?' उनको स्टाटस्मा कमेन्ट गर्ने केहीले धन्यवाद राम्रो सुझाव कमरेड लेखेको भए पनि धेरैले तपाइले गर्नु हुन्छ? कमरेड भन्दै प्रश्न गरेका छन्।

नेकपाकै अर्का वरिष्ठ नेता खनालले पनि छुटाएनन् स्टाटस् लेख्न। बिहीवार दिउँसो साढे एक बजे स्टाटस् पोस्ट गरेका खनालले हात धुन आग्रहसहित लेखेका छन्, 'नमस्कार!

कोरोना भाइरसबाट बच्नको लागि घरमै बस्नुहोस्, साबुन पानीले हात धुनुहोस्, हेन्ड सेनिटाइजरको नियमित प्रयोग गर्नुहोस्। आशा गरौ महामारीको भय चाँडै अन्त्य हुनेछ।' https://www.facebook.com/jhalanath1950

नमस्कार! कोरोना भाइरसबाट बच्नको लागि घरमै बस्नुहोस, साबुन पानीले हात धुनुहोस, हेन्ड सेनिटाइजरको नियमित प्रयोग गर्नुहोस। आशा गरौ महामारीको भय चाँडै अन्त्य हुनेछ। #HealthyNepal #घरमै_बसौ

Posted by Jhalanath Khanal - झलनाथ खनाल on Thursday, March 26, 2020

 स्टाटस्मा कमेन्ट लेख्दै मुकुन्द आचार्य प्रश्न गर्छन्, 'खै मास्क र सेनिटाइजर किन्न त पाईदैन, उच्च ओहोदाका लागि मात्र हो?'

आचार्यले झै धेरैले धेरैले उनलाई प्रश्न गरेका छन् 'तपाइ के गर्नु हुन्छ?'

नेपाली कांग्रेसका सभापति देउवा र नेकपाका वरिष्ठ नेताहरु नेपाल र खनाल तीनै जना पूर्व प्रधानमन्त्री पनि हुन्। देउवा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अनि अहिलेका सभापति पनि। खनाल तथा नेपाल पनि तत्कालिन एमालेका अध्यक्ष भइसकेका नेता।

सरकारले एक हप्ता लक डाउनको घोषणा गरेपछि धेरैजसो नेताहरु सेल्फ क्वारेन्टाइनमा छन्। भेटघाट, कार्यक्रम तथा छलफलहरु अवरुद्ध छन्। एक हिसाबले फेसबुकमा स्टाटस लेखेर उनीहरुले जनतालाइ सचेत र सरकारलाई घचघच्याएको जस्तो दखिए पनि उनीहरु आफैले के गर्दैछन् भन्ने प्रश्नले भरिएका छन् उनीहरुको स्टाटस्को कमेन्ट। सायद यसरी सकरकारकै मुख ताक्ने परिपाटीलाई देखेर जनस्वास्थ्यविद् डा समिरमणि दीक्षितले ट्वीट गरे, 'अहिले हामीसँग भएको अत्याधिक समय यो भएन, यो गरेन, लगायत गाली गर्दै बिताउनुको साटो, आफ्नो क्षेत्रबाट राष्ट्रलाई यो अप्ठेरो बेला कसरी मद्दत गर्नेतर्फ पनि ध्यान दिउँ न । म परीक्षणलगायत अन्य सेवा र सामाग्रीको लागि निजी र अन्तरार्ष्ट्रिय निकायको मद्दत जुटाउनतर्फ लागीपरेको छु। तपाई?'

 

डा दीक्षितले भनेजस्तै सबैले केही न केही गर्नुपर्ने भएपनि शीर्ष नेताहरु भने सरकारको मुख ताकिरहेका छन्।

उनीहरुले आफ्नो सिंगो पार्टी पंक्तिलाइ अहिलेको महामारी सँग कसरी जुध्ने भन्ने स्ट्राटेजी बनाएर लगाउन सक्ने भएपनि उनीहरु यसबाट चुकिरहेका छन्। उनीहरु केवल सामाजिक सञ्जालबाट 'यसो गरौं उसो गरौं' भन्ने बाहेक केही गरिरहेका छैनन्।

मिर्गौला प्रत्यारोपण पछि बालुवाटारमै स्वास्थ्य लाभ लिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनतालाई घरभित्रै बस्न आग्रहसहितको ट्वीट गरे। उनको ट्वीटमा आग्रहमात्रै होइन आफ्नै उदाहरण पनि प्रस्तुत गरिएको छ, 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु।'

उनको ट्वीटमा सागर नामक प्रयोगकर्ताले प्रश्न गरेका छन्, 'प्रधानमन्त्री ज्यू। तपाईको आधारभुत आवश्यकता वस्तु बालुवाटारमा उपलब्ध छन् र तपाई घरमा बसेर सरकार चलाउँदै हुनुहुन्छ। तर, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिक कसरी दुई छाक खान सक्छन्। तिनको घरमा कसरी खाना पक्छ? त्यतातिर तपाईले नेतृत्व गरेको सरकारले ध्यान दिएको छ?'

कतिपयले प्रधानमन्त्रीको आग्रहको प्रशंसा पनि गरेका छन् भने कृष्णबहादुर शाहीको प्रश्न छ, 'प्रधानमन्त्री ज्यु घरमै भएकाहरु घरमा बस्न सक्छन् तर जो बाटोमा छन् उनलाई न यता न उता भएको कसले हेर्ने?'

प्रधानमन्त्रीले भने झै, शीर्ष नेताहरुले भने झैं सबै मानिस घरमै बसुन्। ठीक हो। तर, सागरले भने झै प्रधानमन्त्री र शीर्ष नेताका घरमा आवश्यक सबै बस्तु उपलब्ध होलान्। शीर्ष नेताले सामाजिक सञ्जालमा स्टाटस् लेख्दैमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकको दुई छाक पाक्ला त?

चीनमा प्रधानमन्त्री वुहानमै पुगेर कोभिड-१९ विरुद्धको लडाइमा भिड्छन्। उपप्रधानमन्त्री स्वयं वुहानमा कोभिड-१९ को नेतृत्व गर्दै दुई महिना अग्रपंक्तिमा रहेर नेतृत्व गरिन्। अनि, हाम्रा देशमा प्रधानमन्त्री र शीर्ष नेताले बोलि दिए पुग्ने। काम भने भगवान भरोसा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell