PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

आपूर्ति सहज बनाउन सरकारले ल्यायो यस्तो रणनीति, डेलिभरी भ्यानलाई घरघर पुर्‍याउन सुविधा



पहिलोपोस्ट

आपूर्ति सहज बनाउन सरकारले ल्यायो यस्तो रणनीति, डेलिभरी भ्यानलाई घरघर पुर्‍याउन सुविधा

काठमाडौं : सरकारले घोषणा गरेको लकडानउनको अवस्थामा सर्वसाधरणको दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति सहज गर्ने भएको छ। बिहीवार गृह मन्त्रालयमा बसेको बैठकले बिक्रेताहरुले आफ्नो सवारी साधन मार्फत् अनुमति लिएर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति मिलाउन निर्देशन दिएको छ। यसरी सामाग्री ओसारपसार गर्ने सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयले विशेष पास दिने छ।

यस्ता छन् निर्णयहरु :

  • काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोरी एवम् बिक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यान मार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने।
  • आवश्यक पर्ने डेलिभरी भ्यान लाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।
  • पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने।
  • माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै स्टोर एवम् बिक्रेताहरुले आ-आफ्नो टोल फ्री वा अन्य नम्बर उपलब्ध गराई प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने। फोन, अनाइन, अफलाइन मार्फत् माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको (कम्बो प्याक समेत) बिक्री वितरण गर्ने।
  • दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उप महानगरपालिका / नगरपालिकाहरुले मिलाउने।
  • काठमाडौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोरी एवम् बिक्रेताहरुले पनि उपरोक्तअनुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने।
  • साथै यस्तो जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोल फ्री नम्बर ११४९ मा फोन गरी सहयोग गर्न आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell