PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी धामी, भारतबाट फर्केकाले गरे आक्रमण



एम बम

क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी धामी, भारतबाट फर्केकाले गरे आक्रमण

कैलाली : बैतडीमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटका स्थानीयले स्वास्थ्यकर्मीमाथि आक्रमण गरी घाइते बनाएका छन्। 

बुधवार भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटको भूमिराज मावि काटै गहताडको क्वारेन्टाइनमा राखिएको थियो। उक्त क्वारेन्टाइनमा राखिएका सात जनामध्ये भारतबाट फर्केका सुनील जागरीका बुवा नरेन्द्र जागरीलगायतले क्वारेन्टाइनमै पुगेर स्वास्थ्यकर्मी करनसिंह धामीलाई घाइते बनाएका हुन्।

सुदूरपश्चिम प्रदेशको समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले आफ्नो छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै जागरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको बताए।

उनले बुधबार राति १० बजेतिर स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्।

घाइते भएका धामी कुवाकोट स्वास्थ्य चौकीका अहेवा हुन्। उनलाई चिरपटले हानेपछि छातीमा चोट लागेको र औंलासमेत मुखमा हालेर चपाएपछि औंलामा पनि चोट लागेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले कुटपिटमा संलग्न नरेन्द्र जागरीलाई नियन्त्रणमा लिएको बताए।

‘स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटनास्थलमा प्रहरी पठाएर हामीले एकजनालाई नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell