PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

ह्यान्ड स्यानिटाइजरका लागि गगन थापाको टिप्स



पहिलोपोस्ट

ह्यान्ड स्यानिटाइजरका लागि गगन थापाको टिप्स

काठमाडौं : कोभिड - १९ बाट बच्नका लागि प्रयोग हुने स्यानिटाइजर बजारमा अभाव देखिएपछि नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई एउटा उपाय सुझाएका छन्।

उनले ट्विटबाट मन्त्री पोखरेललाई सुझाव दिँदै नेपालमै ह्यान्ड सेनिटाइजर बनाउन सकिने जानकारी दिएका हुन्। सस्तोमै स्यानिटाइजर उत्पादन गर्न सके त्यसको प्रयोगबाट केही हदसम्म भए पनि प्रकोप फैलन रोक्न सकिन्छ।

थापाले एक सातादेखि अर्थ मन्त्रालयमा ध्यानाकर्षण गराएको जानकारी दिँदै त्यसमा सहजीकरणका लागि पोखरेललाई गुहारेका हुन्। उखु उद्योगबाट उत्पादन हुने इथानोल किनेर त्यसबाट स्यानिटाइजर बनाउन सकिने उनको टिप्स हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell