PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सन्दीप लामिछानेले कोरोना रोकथाम कोषलाई १ लाख दिने



पहिलोपोस्ट

सन्दीप लामिछानेले कोरोना रोकथाम कोषलाई १ लाख दिने

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेले कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई १ लाख रुपैयाँ दिने भएका छन्। बिहीवार सामाजिक सञ्जालमार्फत लामिछानेले सहयोगको घोषणा गरेका हुन्।

‘नेपाल सरकारको कोरोना राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा मलाई खुशी लागेको छ’, लामिछानेले लेखेका छन्, ‘अहिलेको सामाजिक दुरीको समयमा तिनिहरुलाई नबिर्सौं जसलाई सहयोग र साथ चाहिएको छ।’

 

लामिछानेले मानवताका लागि दया र दायित्वबोधमा जोड दिँदै सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन्। यसअघि पनि फेसबुकमा कोरोना सम्बन्धी सन्देशमुलक भिडियो शेयर गर्दै आफू र आफ्नो नजिकको मान्छेका लागि कोरोना भाइरसबाट शुरक्षित रहन आग्रह गरेका थिए।

 

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले पनि अहिलेको अवस्थामा सुरक्षित गरी घरमै बस्न आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell