PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

विदेशी नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध



पहिलोपोस्ट

विदेशी नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध
Photo: Xinhua

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहँदा चीनले विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। बिहीवार विज्ञप्ति जारी गर्दै चीनकोे अध्यगमन प्रशासनले चीन प्रवेशमा अस्थाई प्रतिबन्ध लगाइएको बताएको छ।

सो प्रतिबन्ध कुटनीतिक, सेवा, शिष्टाचार अथवा सी भिसावाहकको हकमा भने लागू नहुने बताइएको छ। अत्यावश्यक आर्थिक, व्यापारीक, वैज्ञानिक अवथा टेक्नोलोजिकल र आपतकालीन मानवीय आवश्यकताका लागि चीन प्रवेश गर्न चाहनेले सम्बन्धीत देशका चिनियाँ दूतावासमा भिसाको लागि आवेदन दिन सकिने अध्यगमन प्रशासनले जनाएको छ। उक्त प्रतिबन्ध हङकङ र कमाउको लागि पनि मान्य हुने विज्ञप्तिमा भनिएको छ।

चीनले कोरोना भाइरसको आउटब्रेकको अवस्था र अन्य देशले गरेका अभ्यासका आधारमा प्रतिबन्ध बाध्यकारी भएको बताएको छ। कोरोनाविरुद्ध लड्न चीन विश्वको साथमा रहेका समेत विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell