PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ट्रमा सेन्टरको सेवा घरबाटै लिन सकिने, हटलाइन नम्बरमा गर्नुहोस् फोन



रासस

ट्रमा सेन्टरको सेवा घरबाटै लिन सकिने, हटलाइन नम्बरमा गर्नुहोस् फोन

काठमाडौं: राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ।

राष्ट्रिय ट्रमा सेन्टर प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्तोष पौडेलले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिम बढेपछि धेरै अन्य अस्पताल बन्द भए पनि सेन्टरले नियमित सेवा दिने र घरमै पनि परामर्श दिने व्यवस्था गरेको बताए।

'नियमित स्वास्थ्य उपचारको व्यवस्था गरेको छ, कोरोना अप्रत्याशित रुपमा आए पनि अस्पतालमा पहिलादेखि नै भर्ना भएका बिरामी र टिकट काटेका बिरामीको उपचार गरिरहेको छु', उनले भने, 'हामी सरकारी निकाय पनि हो, हामीले सेवा दिनुपर्छ भनेर सेवा रोकेका छैनौं।'

सेन्टरले चोटपटक लागेका बिरामीको शल्यक्रिया सेवा नियमित सञ्चालन गरिरहेको छ। चोटपटक लागेका १२ जनाको बिहीबार शल्यक्रिया गरेको छ। सेन्टरले पहिला शल्यक्रिया गरेका र आउन नसक्ने बिरामीका लागि ०१–४२२५२७५ हटलाइन नम्बरमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सम्पर्क गरेर विशेषज्ञ चिकित्सकबाट पराशर्म दिने व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell