PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

तरकारी बजारको बेग्लै रौनक: भाऊ दोब्बरले बढ्यो, जारी छ कारोबार



पहिलोपोस्ट

तरकारी बजारको बेग्लै रौनक: भाऊ दोब्बरले बढ्यो, जारी छ कारोबार

मंगलवार बिहान

ग्राहकः कागती कसरी केजी हो?

व्यापारीः किलोको १ सय २० रुपैयाँ।

ग्राहकः अन्य सब्जीको भाउ कस्तो छ?

व्यापारीः आजबाट लकडाउन। त्यसैले तरकारी भाऊ सस्तो भएको छ। तरकारी कुहिन्छ कोही किन्न आउने होइनन्।

सरकारले मंगलवार बिहान ६ बजेबाट देशभर नै लकडाउन थाल्यो। कालीमाटी तरकारी बजारमा मंगलवार पुग्दा ग्राहक नै नआउने अनि तरकारी बिक्री नहुने चिन्तामा देखिन्थे व्यापारी। त्यसैले उनीहरु बचेखुचेको तरकारी बेचिसकेर घरमै बस्ने मुडमा देखिन्थ्थे।

चार दिनपछि ( शुक्रवार)

ग्राहकः कागती कसरी केजी हो?

व्यापारीः किलोको २ सय ५० रुपैयाँ

ग्राहकः किन महँगो?

व्यापारीः तरकारी ल्याउने गाडी पनि कम छन्। माग बढेको छ, महँगो त हुने नै भयो नि।

सरकारले लकडाउनकै समयमा पनि खाद्यान तथा तरकारी बोकेका गाडी चल्न र पसललाई निर्धारित समयमा खोल्न निर्देशन दिएको छ। देशको सबैभन्दा ठूलो थोक तरकारी बजार कालीमाटी पनि बिहान ७ बजेसम्म खुल्ने गरेको छ। कालीमाटी तरकारी बजारमा २ बजेदेखि ६ बजेसम्म व्यापारी तथा उपभोक्ताको भिड देखिन्छ। तर, आपूर्ति कम भएसँगै तरकारीको भाऊ मँहगो भएको छ। मंगलवारको तुलनामा हरेक तरकारीको मूल्यमा किलोको २० रुपैयाँसम्म बढेको भेटियो। 'तरकारी ल्याउन ग्राहो भएकाले भाऊ बढेको हो,' अफर मुसलमानले भने। मटरकोसा बेच्दै गरेका उनले सबै रित्याएनन्। भने, 'अलिकति त आफूलाई पनि चाहियो नि। तरकारी नलगे बुढीले गाली गर्छ।'

भोलिदेखि चाहिँ सक्कियो?

'छैन, आउँछ। भोलि सिमी बेच्ने हो,' उनले भने।

 

तरकारीको मूल्य कति छ?

गोलभेडा ठूलो (नेपाली) ८५ रुपैयाँसम्म पर्छ, रातो आलुको मूल्य केजीको ५५ रुपैयाँसम्म किन्न पाइन्छ। प्याजको मूल्य पनि किलोको ७५ रुपैयाँ निर्धारण गरिएको छ। गाजर किलोको ४० देखि ४५ रुपैयाँसम्म छ। बन्दाको पनि ४५ रुपैयाँसम्म लिन्छन् व्यापारी। भिण्डीको मूल्य १ सय १४ रुपैयाँ, मटरकोसा किलोको ६० रुपैयाँ छ। तितेकरेलाको १ सय ४५ रुपैयाँ  पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell