PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

स्वास्थ्यमा समस्या देखिएपछि गएरातिदेखि प्रधानमन्त्री ओली अस्पतालमा



पहिलोपोस्ट

स्वास्थ्यमा समस्या देखिएपछि गएरातिदेखि प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। गएराति ११ बजेतिर नै प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो। स्वासप्रश्वास र मुटुको चालमा समस्या देखिएपछि राति नै अस्पताल लगिएको हो।

ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। जहाँ ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रत्यारोपणपछि फागुन ३० गते प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका थिए।

मुटुको धड्कनमा समस्या देखिएकाले हिजो राति अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

निजी चिकित्सक दिव्यासिंह शाहको भनाई उद्धृत गर्दै थापाले भने, "प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गरिने तयारी छ।"



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell