PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रणवीर सिंह स्टारर '८३'को रिलिज टार्गेट तय, प्रदर्शनका लागि छानियो विशेष दिन



पहिलोपोस्ट

रणवीर सिंह स्टारर '८३'को रिलिज टार्गेट तय, प्रदर्शनका लागि छानियो विशेष दिन

केही दिनअघि मात्र बलिउड अभिनेता रणवीर सिंहले ट्वीटरमार्फत् जानकारी दिएका थिए - फिल्म '८३' प्रदर्शन अनिश्चितकालका लागि स्थगित। कारण उही, कोरोना भाइरस संक्रमणको माहामारी।

तर हाल फिल्म युनिट आउँदो जुन २५ मा फिल्म सार्वजनिक गर्ने तयारीमा छ। ३७ वर्षअघि सोही दिन भारतीय क्रिकेट टोलीले विश्वकप उचालेको थियो। त्यही कथामाथि बनेको छ फिल्म ८३। टोलीका तत्कालिन कप्तान कपिल देवको भूमिका निर्वाह गर्दैछन् रणवीर। साथै कपिलकी श्रीमतीको भूमिकामा दीपिका पादुकोण देखिँदै छिन्।

'सन् १९८३ मा देशले मनाएको त्यो उत्सव फेरि मनाउन त्यही दिन उपयुक्त छ। तर विश्व माहामारी भोगिरहेको छ। यो अवस्थामा केही सुधार नभए प्रदर्शन मिति बारे पुन: विचार गरिनेछ', बलिउड हंगामासँग स्रोतले भनेको छ। दर्शकमा एक प्रतिशत मात्र पनि डर बाँकी रह्यो भने फिल्म प्रदर्शन स्थगित गरिने समेत जनाइएको छ।

यसअघि सन् २०१९ को अप्रिलबाट अगस्टलाई रिलिज टारिएको थियो। तर, फिल्मको पोस्ट प्रोडक्सनमा समय लागेपछि अप्रिल १० मा प्रदर्शन तय गरेको थियो। अब भने फेरि नयाँ मिति तय गरियो। जुन २५ सँगै भारतको स्वतन्त्रता दिवस अर्थात् अगस्ट १५ लाई पनि सम्भावित प्रदर्शन मितिको रुपमा युनिटले हेरेको छ।

यस स्पोर्ट ड्रामालाई कविर खानले निर्देशन गरेका हुन्। अन्य कलाकार जीवा, हार्डी सन्धु, ताहिरराज भासिन, सकिव सलिम लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell