PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाको असर : अपराध शून्य !



पहिलोपोस्ट

कोरोनाको असर : अपराध शून्य !

काठमाडौं : देश अहिले ठप्प छ। सडकमा छिटपुट सुरक्षाकर्मीदेखि अत्यावश्यक सवारी साधन मात्र चलेको छ। मानिस घरभित्र नै लकडाउनमा छन्। अति आवश्यकबाहेकका निजी तथा सरकारी कार्यालयमा ताला झुन्डिएको छ।

लकडाउनको प्रभावले नछोएको क्षेत्र कुनै छैन। यति मात्र होइन अपराधमा समेत यसको प्रभाव परेको छ। मंगलवारदेखि आजसम्म काठमाडौंमा कुनै पनि जघन्य प्रकृतिको अपराध नभएको प्रहरीको दावी छ।

'चार दिनसम्म कुनै पनि जघन्य प्रकृतिको अपराध भएको छैन। हामीले एक जनालाई पनि नियन्त्रणमा लिएका छैनौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने।

कोरोना भाइरसको संक्रमण बढ्ने आशंका भएपछि महान्यायाधीवक्ताको कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सामान्य प्रकृतिका घटनामा पक्राउ नगर्न निर्देशन समेत दिइसकेको छ। त्यसैले पनि अहिले प्रहरीको ध्यान पक्राउतिर नजाँदा पनि अपराध शुन्य भएको देखिन्छ।

'सामान्य प्रकृतिका केसमा हामी पक्राउ गर्दैनौं तर जनघन्य अपराध भएको खण्डमा छोड्ने भन्ने हुँदैन,' डिएसपी बोगटीले भने।

अहिले काठमाडौं भित्र २ सय ७१ जना थुनुवा रहेका छन्। काठमाडौंमा रहेका १४ वटा वृत्तमा उनीहरुलाई राखिएको छ। एउटा कक्षमा धेरै थुनुवा हुँदा संक्रमण फैलिने सम्भावनाले पनि थुनुवा सङ्ख्या घटाउन लागिएको छ। प्रहरीले अभद्र व्यवहार, कालोबजारी लगायत जिल्ला प्रशासन कार्यालबाट हेर्ने केसमा प्रहरीले चाँडो मुद्दा बुझाउँदै छोड्दै गरेको छ। तर, अदालत बन्द भएका कारण उच्च र काठमाडौं जिल्ला अदालतमा जाने मुद्दा भने रोकिएको डिएसपी बोगटीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell