PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मुस्कान खातुनमाथि एसिड फ्याँक्ने साधारण तारेखमा रिहा



राधेश्याम पटेल

मुस्कान खातुनमाथि एसिड फ्याँक्ने साधारण तारेखमा रिहा

वीरगंजः जिल्ला अदालतले मुस्कान खातुन एसिड प्रहार घटनाका एक अभियुक्तलाई साधारण तारेखमा रिहा गरेको छ।

घटनाका अभियुक्त समसाद मियाँ वैशाख १४ गते पुनः अदालतमा हाजिर हुनेगरी रिहा भएका हुन्। समसादलाई उनकी आमा हसिना खातुनले सहीछाप गरी जिम्मा लिएकी हुन्।

ज्यान मार्ने उद्योग तथा तेजाब छर्की कुरूप पारेको मुद्दामा बाल सुधार गृहमा रहेका आरोपी समसाद मियाँलाई जिल्ला अदालतले बोलाएको समयमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको अदालतका एक जना कर्मचारीले जानकारी दिए।

अर्का अभियुक्त मजिद मियाँको विषयमा बहस भइरहेको जानकारी प्राप्त भएको छ। सर्वोच्च अदालतको चैत ७ गतेको पूर्ण बैठकले कोरोना सङ्क्रमित विपद् व्यवस्थापनको लागि अदालतले अपनाउनुपर्ने सतर्कताअनुरूप बालगृहमा रहेका विचाराधीन मुद्दा र सजाय खेपिरहेका बालबालिकालाई मुद्दा फैसला नगरी आपतकालीन अवस्थामा परिवारको जिम्मा लगाउनुपर्ने निर्देशनअनुसार समसादलाई अदालतले तारेखमा थुनामुक्त गरेको हो।

भदौ २० गते बिहान छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकमा समसाद र मजिद मियाँले एसिड प्रहार गरेका थिए। त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत मुस्कान एसिड आक्रमणपछि हालसम्म काठमाडौंमा उपचाररत छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell