PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कोभिड-१९ लाई 'चाइना भाइरस' भन्ने अमेरिकी राष्ट्रपतिले गरे चीनको प्रशंसा, मिलेर काम गर्ने उद्घोष



पहिलोपोस्ट

कोभिड-१९ लाई 'चाइना भाइरस' भन्ने अमेरिकी राष्ट्रपतिले गरे चीनको प्रशंसा, मिलेर काम गर्ने उद्घोष
PHOTO: EPA

काठमाडौं: ट्रेड वार हुँदै कोरोना वारमा जुधिरहेका चीन र अमेरिका कोभिड-१९ विरुद्ध एकापसमा मिलेर काम गर्ने भएका छन्। दुई देशका नेताहरु शुक्रवार टेलिफोन वार्ता गर्दै यस विषयमा सहमत भएका हुन्।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले चिनियाँ राष्ट्रपति सि जिङफिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी २० भर्चुअल समिटपछि टेलिफोन वार्ता भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रपति सीसँग असल संवाद भएको बताएका छन्। कोरोना भाइरसविरुद्धको लडाईंका विषयमा छलफल भएको र चीनले भाइरसविरुद्ध बलियो बुझाइ राखेको भन्दै ट्रम्पले ट्वीटमा लेखेका छन्, 'हामी नजिक रहेर एकसाथ काम गर्दैछौं।'

अमेरिकी राष्ट्रपति ट्रम्पले कोभिड-१९ लाई 'चाइना भाइरस' भन्दै चीनलाई दोषारोपण गर्दै थिए। कोभिड-१९ आउटब्रेक पछि अमेरिकी अधिकारीहरुले पनि वुहान भाइरस भन्दै खुला रुपमै चीनलाई आक्षेप लगाउँदै आएका थिए।

भिडियो कन्फ्रेन्समा राष्ट्रपति सीले एकताले तीनवटा मुख्य सन्देश दिने बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। भाइरस नियन्त्रणमा अन्तर्राष्ट्रिय साझेदारी, ओरालो लागेको विश्व अर्थतन्त्रलाई उकास्ने र तेस्रो सन्देश चीनविरुद्को अमेरिकी आरोपको अन्त्य।

'भाइरसले कुनै सीमा चिन्दैन। पाण्डेमिक हामी सबैको साझा सत्रु हो। सबै देशहरुले रोग नियन्त्रण तथा रोकथामका लागि हात मिलाउन आवश्यक छ', सिले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell