PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जी २० भर्चुअल सम्मेलनमा चिनियाँ राष्ट्रपतिका चार प्रस्ताव, सम्वोधनको पूर्णपाठ



पहिलोपोस्ट

जी २० भर्चुअल सम्मेलनमा चिनियाँ राष्ट्रपतिका चार प्रस्ताव, सम्वोधनको पूर्णपाठ

बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिङफिन बिहीवार जि २० नेताहरुको भर्चुअल सम्मेलनमा सहभागी भए। साउदी अरबका राजा सलमान विन अब्लदाजिज अल साउदले आयोजना गरेको कोभिड-१९ विरुद्ध भिडियो कन्फ्रेन्स 'कोभिड-१९ लाई परास्त गर्न सँगै काम गरौं'मा चिनियाँ राष्ट्रपति सिको सम्बोधनको पूर्णपाठ:

सम्माननीय राजा सलमान विन अब्दुलाजिज अल साउद,

आदरणीय मित्रहरु,

तपाईँहरुसँग जोडिन पाउँदा खुशी लागेको छ। साउदी अरेविया र सम्माननीय राजा सलमानको मेहनतले यो सम्मेलन सम्भव भएको छ, उहाँहरु प्रति सम्मान प्रकट गर्दै सम्बोधनको सुरुवात गर्न चाहन्छु।

हामीलाई आश्चार्यमा पार्दै कोभिड-१९ ले समातेको छ। चीन सरकार र चिनियाँ जनता निडर भएर यस कठिन काममा जुटेका छन्। संक्रमण आउटब्रेक भएको पहिलो दिनदेखि नै हामीले जनताको जीवन र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्‍यौँ। हामीले हाम्रा सबै सिन्द्धान्तहरुलाई साथमा राखेर एकता कायम गर्दै वैज्ञानिक ढंगबाट रोग नियन्त्रण तथा उपचारका लागि लक्षित उपायहरु अपनायौं। हामीले रोग नियन्त्रणका लागि पूरै देशलाई परिचालित गर्‍यौं। पारदर्शी र खुला रुपमा हामीले हाम्रा उपचारका सबै संयन्त्रहरु परिचालित गर्‍यौं। हामीले जुन लडाइ लड्यौं, त्यो संक्रमण विरुद्धको 'जनयुद्ध' थियो। हामीले कडा संघर्ष र वलिदानी गर्‍यौं। अहिले चीनमा अवस्था स्थिर रुपमा सकरात्मक दिशामा अगाडि बढिरहेको छ। जनजीवन र कामहरु सामान्य अवस्थामा फर्किँदै छन्। अझै पनि हामीले हाम्रो सुरक्षालाई कम गर्ने छैनौं।

हाम्रो संक्रमण विरुद्धको कठिन अवस्थामा विश्व समुदायबाट हामीले सहयोग प्राप्त गर्‍यौं। यस्तो सहयोग र मित्रताको भावलाई चिनियाँ जनताले सदा सम्झने छन्।

ठूला महामारी रोगहरु सबैका सत्रु हुन्। अहिले कोभिड-१९ विश्वभर फैलिरहेको छ। यसले जनताको जीवन र स्वास्थ्यमा चुनौंती दिँदै विश्व स्वास्थ्य सुरक्षामा चुनौँती थपेको छ।

अहिलेको जस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायबीच विश्वास बढाउँदै एकतावद्ध भएर सामुहिक रुपमा काम गर्न अवश्यक छ। हामीले बृहत रुपमा अन्तर्राष्ट्रिय साझेदारी र रणनीतिलाई अगाडि बढाउँदै मानव समाजलाई थप उचाइमा पुर्‍याउँदै ठूला महामारी रोगहरु विरुद्धको लडाइमा विजय हासिल गर्नु छ। यसका लागि मैले चारवटा प्रस्तावहरु राख्न चाहन्छु।

पहिलो, हामीले कोभिड-१९ आउटब्रेक विरुद्ध विश्वभर नै युद्ध छेड्न जरुरी छ। देशहरुको समुदायले भाइरसको फेलावट विरुद्ध लड्न आवश्यक छ। यस विषयमा जि २० देशका स्वास्थ्य मन्त्रीहरुको मिटिङ बसेर छिट्टो सूचना साझेदारी, औषधी, भ्याक्सिन तथा महामारी नियन्त्रण तथा अन्तरदेशिय संक्रमण रोक्नका लागि साझेदारीलाई बलियो बनाउन प्रस्ताव गर्दछु।

जि २० देशले विकासशील देशहरु तथा कम स्वास्थ्य अवस्था भएका देशमा रोग विरुद्ध लड्न तयारीका विषयमा सहयोग बढाउन आवश्यक छ। मैले जी २० कोभिड-१९ एसिस्टेन्ट इनिसिएटिभ प्रस्ताव गर्दछु। यसले सूचना साझेदारी, नीति निर्माण तथा विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा कार्य गर्ने गरी साझेदारी बढाउने छ।

मानवताका लागि साझा भविष्यको सिद्धान्तबाट निर्देशित भइ चीन असल अभ्यास, संयुक्त अनुसन्धान, औषधी तथा भ्याक्सिनको विकास र अन्य देशहरुलाई सहयोग गर्न तत्पर छ।

दोस्रो, हामीले रोग नियन्त्रण तथा उपचारका लागि अन्तर्राष्ट्रियस्तरमा सामुहिक जवाफदेहिता बनाउन आवश्यक छ। यो भाइरसको कुनै सीमा छैन। हामी जुन भाइर विरुद्ध लडिरहेका छौं त्यो हाम्रो साझा सत्रु हो। सबै रोग नियन्त्रण तथा उपचारका लागि बलियो विश्वव्यापी सञ्जाल निर्माण गर्न आवश्यक छ। चीनले अनलाईन कोभिड-१९ ज्ञान केन्द्र सञ्चालनमा ल्याएको छ। जुन सबै देशक लागि खुला छ। यसले सबै देशलाई अनुसन्धान र औषधी तथा भ्याक्सिनको विकास, परीक्षण क्षमतामा वृद्धका लागि सहयोग पुर्‍याउने छ। जसलबाट संक्रमण फैलनबाट रोक्न सबैलाई सहयोगीसिद्ध हुने छ। स्वास्थ्य आपतकालका बेला शिघ्र कदम चाल्नका लागि क्षेत्रीय आपतकालिन सम्बन्ध विकासका लागि संवाद पनि आवश्यक छ।

तेस्रो, हामीले अन्तर्राष्ट्रिय संघ संस्थालाई उनीहरुको सक्रिय भूमिकाका लागि सहयोग गर्न आवश्यक छ। चीनले विश्व स्वास्थ्य संगठनलाई अन्तरदेशीय संक्रमण रोक्नका लागि वैज्ञानिक आधारमा प्रभावकारी नियन्त्रण, उपचार पद्दतीको विकासका लागि सयहोग गर्नेछ। म जि २० का सदस्य राष्ट्रहरुलाई विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्नका लागि महामारी विरुद्ध सूचना साझेदारीका लागि आह्वान गर्दछु। यसले रोग नियन्त्रण, उपचारका लागि वृहत तथा प्रभावकारी पद्धतीको विकास गर्न सहयोग पुग्नेछ। जि २० सञ्जाल संवाद तथा साझेदारी बढाउनका लागि सहयोगी हुने छ। यहाँ उच्चस्तरीय अन्तर्राष्ट्रिय जनस्वास्थ्य सुरक्षा सम्बन्धी छलफलहरु हुनेछन्। चीनका लागि, हामी यस्तो संवादमा अन्य देश तथा अन्तर्राष्ट्रिय समुदायसँग जोडिन खुशीका साथ तयार छौं।

चौथो, हामीले अन्तर्राष्ट्रिय रुपमा माक्रो इकोनोमिक पोलिसी साझेदारीलाई बढाउन आवश्यक छ। महामारीले उत्पादन तथा मागलाई विश्वभर नै प्रभाव पारेको छ। देशहरुले आफ्नो माइक्रो पोलिसीलाई बलियो बनाउन आवश्यक छ। जसले यस्ता नकरात्मक प्रभावलाई परास्त गर्दै विश्व अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्नबाट बचाउने छ। हामीले बलियो तथा प्रभावकारी वित्तीय तथा मौद्रीक नीतिहरुको कार्यान्वयन गर्न आवश्यक छ। यसले हाम्रो मुद्रा सटहीलाई स्थिर राख्ने छ। हामीले विज्ञिय नियमनलाई प्रभावकारी बनउनका लागि साझेदारी गर्न आवश्यक छ। यसले विश्व विज्ञ बजारलाई स्थिर राख्ने छ। हामीले विश्व औद्योगिक साप्लाइचेनलाई स्थिर राख्न जरुरी छ। यसका लागि चीनले औषधीजन्य कच्चा पदर्थ, दैनिक अत्यावश्यक सामाग्री, माहामारी विरुद्ध प्रयोग हुने सामाग्रीहरु अन्तर्राष्ट्रिय बजारमा निर्यातलाई बढाउने छ।

यसका अलावा हामीले महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपंगता भएका र जोखिममा रहेका समूहलाई बचाउनु छ। र, मानिसहरुलाई अध्यावश्यक सामाग्री उपलब्ध गराउनु छ।

चीनले संरक्षित वित्त नीति र न्यायिक मौद्रिक नीति ल्याउन निरन्तरता दिनेछ। हामीले हाम्रो बजारलाई पुनरावलोकन गर्दै खुला गर्दै अगाडि बढ्ने छ। विश्व अर्थतन्त्रलाई स्थिर राख्का लागि व्यवसायिक वातावरण तयार गर्दै आयातलाई पनि बढाउने छ। त्यस्तै वैदेशिक लगानीलाई समेत बढाउने छ।

म जि २० सदस्य राष्ट्रलाई कर छुट, बाधाहरु हटाउँदै प्रतिबन्धरहित व्यापार सुविधा बढाउनका लागि सामूहिक रुमा कदम चाल्न आग्रह गर्दछु।

हामीले सामुहिक रुपमा विश्व अर्थतन्त्रलाई उकास्नका लागि बलियो सन्देश दिन सक्छौं। जी २० समूह महामारी विरुद्धको सञ्चार तथा एक्सन प्लानलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्छ।

आदरणीय मित्रहरु,

अहिलेको यो गम्भीर परिस्थितिमा हाम्रा चुनौतीहरुलाई सामाना गर्दै शिघ्र रुपमा काम अगाडि बढाउन आवश्यक छ। ऐक्यवद्धता र सामुहिक सहयोगले हामी यो सबै महामारीलाई रोक्न सक्छौं भन्नेमा म पूर्ण विश्वस्त छु। र, मानव जातिको उज्वल भविष्यलाई अंगाल्ने छौं।

धन्यवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell