PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

छोरीसँग सन्देशमुलक गीत गाउँदै जीवन शर्माले भने: समयसँग सम्झौता हैन संघर्ष गरौं



पहिलोपोस्ट

छोरीसँग सन्देशमुलक गीत गाउँदै जीवन शर्माले भने: समयसँग सम्झौता हैन संघर्ष गरौं

काठमाडौं: कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेका बेला जनगायक जीवन शर्मा गीतमार्फत जनचेतना फैलाउने अभियानमा लागेका छन्। छोरीसँग घरमै बसेर उनी गीत गाइरहेका छन् भने गीतमार्फत सचेतना सन्देश दिइरहेका छन्।

उनले कोरोनासँग नडराउन आग्रह गरेका छन्। डराउने होइन, आतंकिन हुने, लापरवाही र हेलचक्र्याई पनि नगर्न आग्रह गरेका छन्। विश्व जगत नै महामारीको चपेटमा परेको भन्दै उनले सावधानी अपनाउन र घरभित्रै बस्न उनको अनुरोध छ। स्वस्थ सचेत र आशावादी विश्व फेरि बन्ने भन्दै उनले यो समयसँग सम्झौता नगर्न र एक्लै बसेर सहकार्य गर्न आह्वान गरेका छन्।

उनले गीतमार्फत 'समयसँग सम्झौता हैन संघर्ष गरौं, आउँछन हजार चुनौती स्वीाकार गर सहर्ष' सन्देश दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell