
काठमाडौं : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विशेष अस्पताल सञ्चालन गरिने भएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमार्फत उक्त जानकारी दिएका हुन्।
स्वास्थ्यमन्त्रीसँगको कुराकानी पछि प्रतिष्ठानलाई ल्याबसहित कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गरिने उनले बताए।
उनले लेखेका छन्, ‘स्वास्थ्यमन्त्रीसँगको कुराकानीपछि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान ल्याबसहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन हुने भएको छ।’