PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कोरोनाविरुद्ध लड्न कपिल शर्माको आर्थिक सहयोग, विपत् व्यवस्थापन कोषमा जम्मा गरे ५० लाख



पहिलोपोस्ट

कोरोनाविरुद्ध लड्न कपिल शर्माको आर्थिक सहयोग, विपत् व्यवस्थापन कोषमा जम्मा गरे ५० लाख

विश्व कोरोना भाइरस संक्रमणविरुद्ध लड्दैछ। यस्तोमा हरेक देशका सरकारलाई ठूला कम्पनी, धनाढ्यदेखि आम मानिससम्मले सहयोग गरिरहेका छन्। चाहे त्यो सावधानी अपनाएर होस् या आर्थिक सहयोग।

बलिउडकर्मीले सचेतनाका लागि देखाएको सक्रियताले मिडियामा राम्रो ठाउँ पाएको छ। यसैबीच कमेडियन कपिल शर्माले भने राज्यलाई कोरोना संक्रमण रोकथामका लागि आर्थिक सहयोग गर्ने भएका छन्। उनले व्यक्तिगततर्फबाट कोरोना संक्रमितको उपचारका लागि भन्दै पचास लाख सहयोग घोषणा गरेका छन्।  

उनले ट्वीटरमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीको विपत् व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरेको जनाएका छन्। लेखेका छन्,'यो हामी सबै एकसाथ उभिने समय हो। कोरोनाविरुद्ध लड्न मैले सहयोगको कदम चालेको हुँ।'

कपिलले आम मानिसलाई घरभित्रै रहनका लागि समेत अपिल गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell