PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

लकडाउनको मौका छोपी कालोबजारी गर्ने ११ जना पक्राउ



रासस

लकडाउनको मौका छोपी कालोबजारी गर्ने ११ जना पक्राउ

जनकपुरधाम : लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको छ। पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरूले प्रतिकिलो ४५ रुपैयाँमा पाइने आलु प्याज ८० रुपैयाँमा, प्रतिसिलिन्डर एक हजार ३५० मा पाइने खाना पकाउने ग्यास एक हजार ७०० मा र ५० को रिचार्ज कार्ड ६० रुपैयाँमा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो।

विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ। काउली प्रतिकिलो ५०, हरियो खुर्सानी प्रतिकिलो २४० रुपैयाँ र सोही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell