PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

अस्पताल पुगेर प्रचण्डले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी



पहिलोपोस्ट

अस्पताल पुगेर प्रचण्डले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी
फाइल फोटो।

काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। प्रचण्डले शुक्रवार बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

फागुन ३० गते मृगौला प्रत्यारोपण गरी फर्किएका ओली मुटुको धड्कन बढेपछि बिहीवार राति अस्पताल भर्ना भएका थिए। प्रचण्डको सचिवालयका अनुसार भेटका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य र कोरोना भाइरसको संक्रमण रोक्न पार्टी र सरकारबाट भइरहेको गतिविधिका विषयमा कुराकानी भएको छ।

उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निजी चिकित्सक दिव्या सिंह शाहलाई उदृत गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। प्रधानमन्त्री आजै डिस्चार्ज हुने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell