PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भारतीय अभिनेता प्रभासले कोरोना कोषलाई दिए ४ करोड 



पहिलोपोस्ट

भारतीय अभिनेता प्रभासले कोरोना कोषलाई दिए ४ करोड 
Photo: easterneye.biz

मुम्बई : कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ। विश्वभर लकडाउनको घोषणा भइरहँदा भारत सरकारले पनि कोरोनाको संक्रमणबाट बच्न २१ दिने लकडाउनको घोषणा गरिसकेको छ। यसैबीच भारतीय अभिनेता प्रभासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोरोना कोषमा ४ करोड रुपैयाँ सहयोग गरेका छन्

प्रभाससँगै ऋतिक रोशन, महेश बाबु, कपिल शर्मा लगायतले कोरोना भाइरसले निम्त्याएको संकटको घडीमा मद्दतको हात बढाएका छन्। प्रभासले ४ करोडमा ३ करोड प्रधानमन्त्री राष्ट्रिय राहत कोष र बाँकी ५०/५० लाख आन्ध्र प्रदेश र तेलंगानाको मुख्यमन्त्री राहत कोषमा दिएका हुन्।

प्रभाससँगै भारतीय चर्चित कमेडियन कपिल शर्माले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन्। कपिलले ट्वीटरमार्फत आफूले प्रधानमन्त्री कोषमा ५० लाख रुँपैया दिएको उल्लेख गरेका थिए।

त्यस्तै अभिनेता महेश बाबूले आन्ध्र प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा १ करोढ रुपैयाँ सहयोग गरेका छन्। महेश बाबुसँगै करण जोहर, आयुष्मान खुराना, नीतेश तिवारी, तापासी पन्नू, सोनम कपूर लगायतका बलिउड हस्तीहरुले पनि यसअघि नै कोरोना कोषमा रकम संकलन गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell