PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कोभिड-१९ प्रभाव : कान्तिपुर पब्लिकेसनले बन्द गर्‍यो सबै प्रिन्ट संस्करण



पहिलोपोस्ट

कोभिड-१९ प्रभाव : कान्तिपुर पब्लिकेसनले बन्द गर्‍यो सबै प्रिन्ट संस्करण

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)ले विश्वभर महामारीको रुप लिएको छ। विश्वका धेरै देशहरु यसबाट बच्न लकडाउनको अवस्थामा छन्। नेपालमा पनि सरकारले अतिआवश्यक बाहेकका क्रियाकलापमा प्रतिबन्ध लगाएको छ। यस्तोमा कोरोनाको सम्भावित संक्रमणबाट बच्न भन्दै देशकै प्रमुख मानिएको दैनिक पत्रिकाले प्रिण्ट संस्करण बन्द गरेको छ।

कान्तिपुर दैनिकले शुक्रवार विषेश प्रकाशकीय लेख्दै प्रिण्ट संस्करण बन्द भएको जनाएको छ। कान्तिपुर, द काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारबाट बन्द भएको प्रकाशकीयमा उल्लेख छ। कान्तिपुरले आफ्ना सम्पूर्ण कर्मचारी र पाठकको स्वास्थलाई मध्यनजर गरी प्रकाशन बन्द गरेको बताएको छ।

‘शहरका अनेक टोल र ठाउँहरू हिँड्दै गर्नुपर्ने काम भएकाले कुनै पनि बखत संक्रमित हुन सक्ने र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामी बेवास्ता गर्न सक्दैनौं। सबै तहका सहकर्मीको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो,’ कान्तिपुरको प्रकाशकीयमा लेखिएको छ।

तर पत्रिकाले आफ्ना ‘डिजिटल कण्टेन्ट’लाई भने निरन्तरता दिने जनाएको छ। उसले पब्लिकेसनको अनलाइन पोर्टलमा समाचार उपलब्ध हुने जनाएको छ। 

साप्ताहिक पत्रिका पनि बन्द

यसअघि काठमाडौं उपत्यकाबाट प्रकाशन हुने साप्ताहिक पत्रिकाहरुले पनि प्रकाशन बन्द भएको जानकारी दिएका थिए। दुई दर्जन बढी साप्ताहिकका सम्पादकले संयुक्त विज्ञप्ति निकालेर पत्रिका बन्द भएको बताएका थिए। तर, अनलाइन संकरण भने उपलब्ध हुने सम्पादकहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उनीहरुले प्रेस काउन्सिललाई लेखेको पत्रमा पत्रिका वर्गिकरणका बेला भूकम्प र नाकाबन्दीको बेलामा झै विषेश व्यवस्था गरिदिन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell