PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रहरीले ल्यायो मानिस समात्ने नयाँ उपकरणः अब हातले नछोइ लकडाउनको समयमा हिड्नेलाई समात्ने

प्रहरीले ल्यायो मानिस समात्ने नयाँ उपकरणः अब हातले नछोइ लकडाउनको समयमा हिड्नेलाई समात्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः  सरकारले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भन्दै लकडाउन घोषणा गरेको छ।  भाइरसको संक्रमणबाट बच्ने एक उपाय हो सामाजिक दुरी कायम गर्नु हो। त्यसैले लकडाउनको समयमा सबै नागरिकलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ।

सरकारले लकडाउन घोषणा गरेको आज चौथो दिन। धेरै मानिस घरभित्रै छन्। तर केही भने लकडाउन अटेर गर्दै सडकमा निस्किरहेका छन्। यसबाट सबैभन्दा मार्का परेको छ प्रहरी।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा पनि लिनुपर्‍यो अनि शारिरिक दुरी पनि कायम गर्नुपर्‍यो। 

तर, सडकमा खटिएका प्रहरीले कसरी शारिरिक दुरी कसरी कायम गर्लान्?  प्रहरी सडकमा नै खटिनुपरेको छ। कुनै पनि व्यक्तिले नियम उल्लंघन गरे उसलाई पक्राउ गर्नैपर्‍यो। ल समात्न पनि हातमा पञ्जा लगाएर होला तर नजिक त जानै पर्‍यो। अनि कसरी हुन्छ शारिरिक दुरी कायम?

त्यसलाई नै मध्यनजर गर्दै प्रहरीले लकडाउन अटेर गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन एक उपकरणको प्रयोगमा ल्याएको छ। शारिरिक दुरी कायम गर्ने गरि प्रहरीले रेस्क्यू तथा एरेस्टेड उपकरण ल्याएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अहिले दुईवटा यस्तो उपकरण उपलव्ध गराएको छ।

'यो कोरोनाको संक्रमणबाट जोगिन प्रयोग भएको उपकरण हो।' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

परिसरले अहिले दुईवटा टोली बनाएर लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने गरेको छ। अहिलेसम्म यो उपकरणको प्रयोग गरेर ५० जनालाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए।

यस उपकरणको सहयोगमा प्रहरीले कुनै पनि मानिसलाई नियन्त्रणमा लिन उसको नजिक पुग्नु नै पर्दैन। करिब एक मिटरको दुरीमा रहेर यसको सायताले मानिसलाई नियन्त्रणमा लिन सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell