PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सन्नाटा शहरको : यस्तो देखियो लकडाउनको चौथो दिन

सन्नाटा शहरको : यस्तो देखियो लकडाउनको चौथो दिन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसविरुद्ध सर्वसाधारण घरमै रहेको आज चौथो दिन। बिहान खाद्यान्न र तरकारीजस्ता अति आवश्यक वस्तु किनबेचका लागि चहलपहल भए पनि दिउँसो शहरमा सन्नाटा छायो।

विश्वका धेरै मुलुकमा यस्तै सन्नाटा छ यतिखेर। तर, सधैं यस्तै अवस्था भने रहने छैन। संक्रमणको एउटा विशेषता भनेकै - यो केही अवधिका लागि हुन्छ। त्यसैले यस्तो अवस्थामा जसले भयरहित भएर रहन सक्छ उसलाई सहज हुन्छ।

अति आवश्यक सेवालाई सरकारले चल्न छुट दिएको छ। शहरमा केही चलेको देखिन्छ भने तिनै साधन।

त्यसबाहेकको सन्नाटाले अहिले केही कठिन महसुस भए पनि सम्भावित जोखिमलाई घटाउन भने सघाउनेमा दुई मत छैन। त्यसैले सन्नाटालाई केही अवधि सहौं, त्यसपछि शहर पुरानो रुपमा फैलन समय लाग्ने छैन। तर, अहिलेको सन्नाटालाई सहन सकेनौं भने शहर पहिलेजस्तो कहिल्यै पनि नहुने अवस्थामा पुग्न सक्छ। शहरको दृष्य यिनै हुन्। यसलाई अहिले शान्त रहन दिनुस्। शहरलाई पहिलेजस्तै चलायमान बनाउन तपाईँ हामी सबैको भूमिका हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell