PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

सरकारसँग डाक्टरले मागे सुरक्षा उपकरण, यस विषयलाई हल्का रुपमा लिँदा मनोबल गिरेको गुनासो



पहिलोपोस्ट

सरकारसँग डाक्टरले मागे सुरक्षा उपकरण, यस विषयलाई हल्का रुपमा लिँदा मनोबल गिरेको गुनासो
फाइल फोटो

काठमाडौं : कोरोना भाइरस संक्रमणको नियन्त्रण एवं उपचारका लागि खटिएका डाक्टरहरुले आवश्यक सुरक्षा उपकरणको माग गरेका छन्। नेपाल चिकित्सक संघले विज्ञप्ती जारी गरी स्वास्थ्य सेवामा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुरुपका आधारभूत सुरक्षा सामाग्रीहरु सरकार समक्ष आग्रह गरेका हुन्।

चीनबाट कोरोना भाइरस आउटब्रेक भएसँगै संघले सम्भावित अवस्थामा आवश्यक सेवा उपलब्ध गराउन तयार रहन आग्रह गरेको थियो। सोही अनुरुप विभिन्न अस्पताल एवं अन्य स्वास्थ्य संस्थामा चिकित्सक एवं स्वास्थ्यकर्मी खटिएका थिए।

जारी विज्ञप्तीमा लेखिएको छ,'विश्वव्यापी माहामारीका रुपमा देखापरेको कोरोना भाइरसबाट संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमणबाट ग्रसित भएका छन्। नेपालमा त्यो अवस्था ननिम्तियोस् भन्नकै लागि हामीले आधारभूत सुरक्षा सामाग्रीको माग गरेका हौं।'

संघले चिकित्सकप्रति सरकारले गरेको व्यवहारलाई आलोचना समेत गरेका छन्। उनीहरुले सुरक्षा सामाग्री माग गर्दा सरकारले त्यसलाई हल्का रुपमा लिनुप्रति आपत्ती समेत व्यक्त गरेको छ। लेखिएको छ,'आपतकालिन अवस्थामा आफ्नो ज्यानको बाजी लगाउँदै अहोरात्र खटिएकाले आधारभूत सामग्रीहरुको माग गर्दा जिम्मेवार निकायका व्यक्तिहरुले यस बारे हल्का टिका टिप्पणी गरी हाम्रो मनोबल गिराएको छ।'

संघले उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको व्यवस्था गर्न समेत जोड दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell