PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बेलायती प्रधानमन्त्रीलाई कोभिड-१९ को संक्रमण



पहिलोपोस्ट

बेलायती प्रधानमन्त्रीलाई कोभिड-१९ को संक्रमण

बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना संक्रमण देखिएको छ। उनले ट्वीट गर्दै पछिल्लो २४ घण्टामा आफूमा भाइरसको मध्यम लक्षणहरु देखिएको बताउँदै आफूमा कोरोना भाइरस संक्रमण भएको बताएका हुन्।

त्यस्तै हाल आफू आइसोलेसनमा रहेको बताउँदै भिडियो कन्फरेन्सबाट सरकारी काम गर्ने बताएका छन्। शरीरको तापक्रम बढेको र खोकी लागेपछि मैले कोरोना भाइरसको परीक्षण गरेको थिएँ। त्यसमा भाइरस पोजिटिभ आयो। म घरबाटै काम गरिरहेको छु। म प्रविधिको प्रयोग गरेर सरकारको काम गरिरहनेछु।’ उनले भिडियोमा भनेका छन्।

उनले भाइरस विरुद्ध लड्न सबैको साथ आवश्यक्ता रहेको भन्दै सबैलाई घरभित्रै बस्न आग्रह गरेका छन्। यसअघि बेलायती राजकुमार चार्ल्समा समेत भाइरसको संक्रमण देखिएको थियो। यस्तै बेलायतकी स्वास्थ्य मन्त्री नाडिन डोरिसमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो। भाइरसको संक्रमण बढ्दै गएसँगै हाल बेलायतमा लकडाउन छ । ११ हजार ६ सय भन्दा धेरैमा भाइरसको संक्रमण देखिँदा ५ सय ७० भन्दा धेरैको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell