PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् : ट्रम्प बहादुरीका साथ पछि हट्नुभयो



पहिलोपोस्ट

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् : ट्रम्प बहादुरीका साथ पछि हट्नुभयो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहादुरीका साथ पछि हटेको बताएका छन्।

जी २० भर्चुअल समिटपछि शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन सम्पर्कमा ट्रम्पले कोरोना भाइरसविरुद्ध मिलेर लड्ने प्रतिबद्धता जनाएपछि प्रेस सल्लाहकार थापाले फेसबुकमार्फत ट्रम्प बहादुरीका साथ पछि हटेको उल्लेख गरेका हुन्।

'राष्ट्रपति ट्रम्प "चाइनिज भाइरस" वा "वुहान भाइरस" नामाकरण गरेर चीनलाई केन्द्रीत गर्ने प्रयासबाट अब बहादुरीका साथ पछि हट्नु भएजस्तो लाग्यो,' उनले लेखेका छन्, 'खासमा भाइरसको यो समस्या चीनको वा चीन उद्गम स्रोत रहेको नभई वुहानमा चीनले पहिलोपल्ट सामना गरी परास्त गरिसकेको समस्याका रूपमा रहेको स्पष्ट छ। यो "चिनियाँ भाइरस" नभएको हुनाले नै सबभन्दा बढी अमेरिका नै प्रभावित हुन थालेको छ।'

राष्ट्रपति सीसँगको संवादपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आत्मसात् गरेको तथ्यको आधारमा यो सत्य - ढिलोगरी "कोरोना भाइरस"को नामसमेत गज्जब स्वीकारोक्तिका रूपमा रहेको उनको भनाई छ।

प्रधानमन्त्रीका सल्लाहकारले प्रधानमन्त्रीकै धारणा बोल्छन्। प्रेस सल्लाहकार थापाको यो धारणालाई धेरैले प्रधानमन्त्रीकै धारणा मान्दै कुटनीति सम्बन्धमा असर पार्ने टिप्पणी गरेका छन्। पक्कै पनि सल्लाहकारको यो कुराले कुटनीतिमा अर्थ राख्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell