PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण, दुबईबाट फर्केर पुगेका थिए अस्पताल



पहिलोपोस्ट

धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण, दुबईबाट फर्केर पुगेका थिए अस्पताल

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको चौथो केस पुष्टि भएको छ। धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

संक्रमित व्यक्ति धनगढीस्थित सेती अस्पतालमा उपचाररत छन्। संक्रमित व्यक्ति दुबईबाट फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

संक्रमित चैत ११ गतेदेखि सेती अस्पतालमा भर्ना भएका हुन्। यसअघि अन्य तीन जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell