PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सामाजिक सञ्जालमा नेपाली कलाकारका पुराना तस्विर



पहिलोपोस्ट

सामाजिक सञ्जालमा नेपाली कलाकारका पुराना तस्विर

काठमाडौं: सामाजिक सञ्जाल फेसबुक यतिबेला पुराना तस्विरहरुले भरिएको छ। केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा पुरानो तस्विरहरुमा कमेन्ट गर्ने ट्रेन्ड चलेको छ। जुन अहिले भाइरल भइरहेको छ।

सरकारले कोरोना भाइरसको संक्रमण कम गर्नको लागि लक डाउनको घोषणा गरेसँगै घरमा थुनिएर बसेका मानिसहरु सामाजिक सञ्जालमा पुराना तस्विरहरु निकाल्न थालेका छन्।

यसैबीच नेपाली कलाकारहरु पनि आफ्नो पुरानो तस्विर सामाजिक सञ्जालमा शेयर गरेर रमाइरहेका छन्। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले इन्स्टाग्राममा पुरानो तस्विर शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्- ‘तीतो सत्य टाइम।’ उक्त तस्विर हाँस्य टेलिसिरियल तीतो सत्यमा अभिनय गर्दाको भनेर दीपाले उल्लेख गरेकी छिन्। साथै उनले शेयर गरेको तस्विरमा इन्स्टाग्राम   प्रयोगकर्ताहरुले रमाइला कमेन्ट गरेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Titosatya time ❤️

A post shared by Deepa Shree Niraula (@deepashreeniraula) on

अभिनेत्री वर्षा सिवाकोटीले पनि इन्स्टाग्रामको स्टोरीमा दुईवटा पुराना तस्विरहरु शेयर गरेकी छिन्- एउटा सात र अर्को आठ वर्ष अघिको पुरानो। वर्षाले समाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफूलाई पुरानो तस्विरको सम्झना गराएको उल्लेख गरेकी छिन्।

कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा)ले पनि फेसबुकमा पुरानो तस्विर शेयर गर्दै मेरी बास्सैको रुप खाएका छन्।

निर्देशक प्रदीप भट्टराईले पनि पुरानो तस्विर शेयर गर्दै फेसबुकमा रमाइलो क्याप्सन लेखेका छन्-  ‘यो त्यो बेलाको फोटो हो। जतिबेला मेरो हड्डी र मासु झगडा गरेर एक ठाउँमा बस्न मान्दैनथे र मैले जीउ अड्याउन मासु भन्दा हड्डी रोजेको थिए पछि बोसोले मध्यस्तकर्ता बनेर वार्ता मिलायो।’ निर्देशक भट्टराईले उक्त तस्विर आफू जवानीमा दुब्लो हुँदाको भनेर क्याप्सनमा उल्लेख गरेका हुन्।

त्यस्तै गायक प्रमोद खरेलले पनि पुरानो फोटो फेसबुकमा शेयर गरेका छन्। दुई वटा पुराना पोटोहरु शेयर गर्दै उनले आफ्नो वाल्यकाल मात्र होइन् गायक रामकृष्ण ढकालको पुरानो याद पनि देखाएका छन्।

उनले रामकृष्ण ढकालसँगको तस्विरमा उनले क्याप्सनमा लेखेका छन् ‘पुरानो तस्विरको लहर जो छ।’ त्यस्तै अर्को तस्विरमा उनी लेख्छन् ‘लु गाइज केटोको यो फोटो पनि आयो..सोको जिन्स, सिला खोजेर किनेका हाति छाप चप्पल लगाएर २ रुपैँयाले बजार भर्ने केटो।’

उक्त तस्विर र क्यापसन मार्फत प्रमोदले बाल्यकालमा जिन्स र हाति छाप चप्पल लगाएर बजार जाने गरेको पललाई स्मरण गएको छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell