PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

भारतबाट फर्किएका ३६ जना एन्फा एकेडेमी रौतहटको क्वारेन्टाइनमा



पहिलोपोस्ट

भारतबाट फर्किएका ३६ जना एन्फा एकेडेमी रौतहटको क्वारेन्टाइनमा

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको रौतहटस्थित महिला फुटबल एकेडेमीमा ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। कोरोनाको प्रभाव बढिरहँदा प्रदेश २ को सरकारले भारतका विभिन्न स्थानबाट फर्किएका ३६ जनालाई क्वारेन्टाइनमा राखिएको एन्फाले जनाएको छ।

क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरु भारतको विभिन्न क्षेत्रबाट गौरस्थित बैरगानिया नाकाबाट नेपाल प्रवेश गरेका थिए। एकेडेमीमा चन्द्रपुर नगरपालिकाले ५८ वटा वेड क्वारेन्टाइन बनाउनका लागि राखेको थियो।

चैत ९ गते एन्फाले एक विज्ञप्ति निकाल्दै आवश्यक परेको खण्डमा एन्फाको भौतिक संरचनाहरु ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टल र रौतहटको महिला फुटबल एकेडेमीको होस्टललाई नेपाल सरकार, प्रदेश सरकार या स्थानीय सरकारले प्रयोग गर्न सक्ने जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell