PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय



पहिलोपोस्ट

तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय
फाइल फोटो।

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ। शुक्रवार बसेको समितिको बैठकले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

खाद्य सामाग्रीको ढुवानी र देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने बैठकले निर्णय गरेको छ। अलपत्र परेका पर्यटकहरुलाई सम्बन्धित देशमा पठाउन प्रयास गर्न र श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्‍याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरिएको डा खतिवडाले बताए।

समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रहसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell