PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका दम्पतीको रिपोर्ट आयो नेगेटिभ



रासस

कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका दम्पतीको रिपोर्ट आयो नेगेटिभ
Photo: pharmaceutical-technology.com

स्याङ्जा : फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका फेदीखोला गाउँपालिकाका एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ।

कतारबाट संक्रमित युवतीसँगै एउटै विमानमा आएका सो दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीवार टेकु अस्पताल काठमाडौं पठाइएकामा शुक्रवार नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।

कोरोना संक्रमित युवतीसँंगै आएका जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell