PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

छ फ्लाइटबाट ९५ जना विदेशीको लुक्लाबाट उद्दार

छ फ्लाइटबाट ९५ जना विदेशीको लुक्लाबाट उद्दार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज बिहान लुक्लामा फसेका ९५ जना विदेशी नागरिकको उद्दार भएको छ। छ वटा फ्लाइटबाट उनीहरुको उद्दार भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए।

गाउँपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा उनीहरुलाई काठमाडौं ल्याइएको हो। उद्धार गरिएका धेरैजसो युरोपेली मुलुकका नागरिकहरु छन्। नेपाल एयरलाइन्सको चारवटा फ्लाइट तथा तारा र समिट एयरका एक/एक फ्लाइटबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो।

'अब अझै यहाँ ८० जनाजति बाँकी हुनुहुन्छ,' शेर्पाले भने।

काठमाडौंमा उनीहरुलाई विमानस्थल नजिकैका होटलमा राखिएको छ। यता ठमेलमा रहेका पर्यटकहरुलाई पनि दुई बसमा राखेर विमानस्थल नजिकैको होटलमा पुर्‍याइएको छ। भोलि कतार एयरवेजको चार्टर फ्लाइटबाट नेपालमा फसेका विभिन्न देशका नागरिकहरुलाई फिर्ता लगिँदैछ। हिजोमात्रै पनि ३ सय ५ जना विदेशीलाई कतार एयरवेजको चार्टर फ्लाइटबाट स्वदेश पठाइएको छ।

लुक्लामा अड्किएका पर्यटकहरुलाई गाँसबासको व्यवस्था त्यहाँ रहेका होटल तथा गाउँपालिकाको संयुक्त लगानीमा गरिएको छ। उनीहरुलाई फर्किन नसकुन्जेल निशुल्क गाँसबासको व्यवस्था मिलाइएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell