PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

लकडाउन कडा बनाउन प्रहरीको नयाँ रणनीति : अब सम्झाउने होइन, समाउने र थुन्ने, एका बिहानै समातिए ३ सय १५ जना

लकडाउन कडा बनाउन प्रहरीको नयाँ रणनीति : अब सम्झाउने होइन, समाउने र थुन्ने, एका बिहानै समातिए ३ सय १५ जना

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज लकडाउनको पाँचै दिन। शनिवार पनि भएकाले आज मानिसमा पुरानै धङ्धङीमा देखिए। त्यसैले पनि होला बिहानै मानिस सडकमा निस्किए। सरकारको निर्णय नटेरेको भन्दै प्रहरीले उनीहरुलाई धमाधम पक्राउ गर्‍यो।

बिहान ९ बजेसम्म मात्र प्रहरीले काठमाडौंमा मात्र ३ सय १५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ सङ्ख्या पाँच दिनको अवधिमा आज सबैभन्दा धेरै हो।

'आज धेरै मानिस सडकमा आएको देखियो। त्यसैले नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

सरकारले गत मंगलवारदेखि लकडाउन घोषणा गरेको छ। कसैलाई पनि अनुमतिविना घरबाहिर ननिस्किन भनिएको छ। तर, लकडाउन भएको दिन थपिँदै जाँदा सडकमा देखिने मानिसको सङ्ख्या पनि बढेको छ। प्रहरीले राज्यको लागि भन्दा पनि जनताको सुरक्षाका लागि लकडाउन भएकाले अब थप कडारुपमा प्रस्तुत हुने भएको छ।

'पहिलो दोस्रो दिने धैरैले बुझेनन्। थाहा पाएनन् होला भनेर पनि छोडियो। अब त्यस्तो हुँदैन सडकमा देखियो कि समाउने हो,' डिआइजी पोखरेलले भने।

त्यस्तै ट्राफिक प्रहरीले पनि अनुमति नलिइ सवारी चलाउनेलाई नियन्त्रणमा लिइरहेको छ।

यसरी समातिएकाहरुलाई के गर्ने त? प्रहरीका अनुसार अवस्था हेरी केही घन्टा प्रहरी नियन्त्रणमा राखिन्छ। दिनभरि पनि राख्न सक्ने प्रहरीले जनाएको छ। कोरोनाको त्रासका कारण हिरासतमा भने राखिँदैन। 

प्रहरीले यस्ता मानिसलाई समात्न नयाँ प्रविधिको प्रयोग गर्न थालिसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell