PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

३ सय ४ युरोपेली नागरिक लिएर उड्यो कतारको चार्टर विमान, आजै अर्को पनि फ्लाइट हुँदै



पहिलोपोस्ट

३ सय ४ युरोपेली नागरिक लिएर उड्यो कतारको चार्टर विमान, आजै अर्को पनि फ्लाइट हुँदै

काठमाडौं : ३ सय ४ युरोपेली नगारिक बोकेर कतार एयरलाइन्सको चार्टर विमान उडेको छ। ११:४५ बजे यात्रु बोकेर विमान दोहाका लागि उडेको हो। त्यहाँ अर्को विमान उनीहरुलाई लैजानका लागि तयारी अवस्थामा राखिएको छ।

अबको केही समयपछि फेरि अर्को विमान पनि दोहाका लागि उड्ने तयारीमा छ। यसमा पनि ३ सय ४ जना नै युरोपेली नागरिकहरु जाँदैछन्। विमानमा धेरै संख्यामा जर्मनी र फ्रान्सका नागरिकहरु रहेका छन्। युरोपेली मुलुकका नागरिकलाई उद्धार गर्न आज बिहानैदेखि सबै संयन्त्र परिचालन भएको थियो।

बिहानमात्र लुक्लाबाट ९० जना युरोपेली पर्यटकलाई ६ वटा फ्लाइटबाट काठमाडौं ल्याइएको थियो। त्यस्तै ठमेलमा रहेका पर्यटकहरुलाई बसबाट विमानस्थल पुर्‍याइएको थियो। हिजो नै उद्दार गरेर ल्याइएका पर्यटकहरुलाई विमानस्थल नजिकैको होटलमा राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell