PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'पर्दा पछाडिका हिरो'लाई सलमान खानको सहयोग



पहिलोपोस्ट

'पर्दा पछाडिका हिरो'लाई सलमान खानको सहयोग

कोरोना भाइरस संक्रमणका कारण ठप्प छ बलिउड उद्योग। त्यसका कारण दैनिक जिविकोपार्जन मै समस्या परेको पर्दा पछाडिका ती हिरोहरुलाई जो छायांकनस्थल देखि रेकर्डिङ स्टूडियोहरुमा ज्यालादारी काम गर्छन्। झन् नरेन्द्र मोदी सरकारले २१ दिनका लागि देश लकडाउन गरेपछि बलिउडमा मजदुरी गर्नेहरु मारमा परेका छन्।

समस्यामा ती कर्मचारी एवं मजदुरहरुलाई सहयोग घोषणा गरेका छन् बलिउड स्टार सलमान खानले। सलमानले विभिन्न प्राविधिक संघ एवं समितिहरुमार्फत् सम्पर्क गरेर नगद एवं दैनिक खाद्यान्न वस्तु सहयोग गर्ने भएका हुन्। तिनै संघमार्फत् सम्पर्कमा आउन आह्वान गरेको बलिउड हंगामाले जनाएको छ।

सलमानले यो खबर मिडियामा नदिन निर्देशन समेत दिएका थिए। तर सहयोग प्राप्त गर्ने तिनै मजदुरहरुमार्फत् जानकारी चुहियो। छायांकन स्थलमा दैनिक ज्याला मजदुरी गर्ने एवं सहायक कलाकारहरुको संयोजक समेत रहेका राजेन्द्र लेखराज 'पप्पु'ले खबर दिएका हुन्।

मार्च २४ तारिखमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी लकडाउन घोषणा गरे। त्यो पनि तीन साता लामो। लकडाउन लागू भएसँगै सलमान खानले सहयोग घोषणा गरेका थिए।

उनको सामाजिक संस्था बिङ ह्युमन फाउन्डेसनमार्फत् सहयोग गर्न लागेका हुन्। उनले सहयोग घोषणा गरेसँगै अन्य बलिउडकर्मीले पनि सहयोगको हात अघि बढाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell