PahiloPost

Apr 16, 2025 | ३ बैशाख २०८२

कोरोना संक्रमणको आशंका भएका विरामीको स्वाबको नमुना लिन गएको चिकित्सकसहितको विमान अन्डरसुट, छैन ठूलो क्षति



वसन्तराज उप्रेती

कोरोना संक्रमणको आशंका भएका विरामीको स्वाबको नमुना लिन गएको चिकित्सकसहितको विमान अन्डरसुट, छैन ठूलो क्षति

काठमाडौं : कोरोना संक्रमण भएको आशंकामा विरामीको परिक्षणको लागि नमुना स‌‌‌कलन  गर्न गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टमा सामान्य दुर्घटनामा परेको छ। 

'नेपालगञ्ज विमानस्थलमा विमान चिप्लिएको जानकारी आएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने, 'दुर्घटना ठूलो होइन, सामान्य मात्र भएको जानकारी आएको छ।'

नेपाल एयरलाइन्सको विमान अन्डरसुट भएको नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले पहिलोपोस्टलाई जानकारी दिए। उनका अनुसार तीन जना चिकित्सकको टोलीसहित काठमाडौंबाट गएको विमान चिप्लिएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell