PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

श्रमिकहरुका लागि विशेष राहत प्याकेज ल्याउनुपर्छ : प्रचण्ड



पहिलोपोस्ट

श्रमिकहरुका लागि विशेष राहत प्याकेज ल्याउनुपर्छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने श्रमिकहरुका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बताएका छन्।

उनले भिडियो सन्देशमार्फत कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला गरेर जीवन चलाउनेहरुका लागि खाद्यान्न तथा  अन्य राहतको व्यवस्था सरकारले गर्ने विश्वास व्यक्त गरेका हुन। अध्यक्ष प्रचण्डले संकटको घडीमा सहयोग गर्न व्यापारीहरुलाई पनि अपिल गरेका छन्। प्रचण्डले सातै प्रदेशमा उपकरणहरुको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।

उनले भने, ‘कोरोना भाइरसविरुद्धको लडाइमा अग्र मोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, सुरक्षाकर्मीको मनोवल उच्च राख्न आवश्यक उत्प्रेरणा, सुरक्षा र सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक छ।’

 

प्रचण्डले सरकार र पार्टी पङ्तिलाई स्वयंसेवीको रुपमा काम गर्न पनि अनुरोध गरेका छन। उनले सरकारले जारी गरेको आचारसंहिता घरमै बसेर पालना गर्न पनि अपिल गरेका छन्। कोरोना भाइरस संक्रमणबाट छिट्टै मुक्त हुने विश्वास पनि व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell