PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धनगढीमा कोरोना संक्रमित युवाद्वारा उपचारमा चिकित्सकले बेवास्ता गरेको आरोप, ‘हिजोदेखि न त पानी दिए, न त कोही सोध्न नै आए’



एम बम

धनगढीमा कोरोना संक्रमित युवाद्वारा उपचारमा चिकित्सकले बेवास्ता गरेको आरोप, ‘हिजोदेखि न त पानी दिए, न त कोही सोध्न नै आए’

धनगढी : कोरोना भाइरसको संक्रमित धनगढीका एक युवा हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत् छन्। तर, कोरोना संक्रमण भएको पुष्टि भएसँगै चिकित्सकहरुले आफ्नो स्वस्थ्य उपचारमा बेवास्ता गरेको उनले गुनासो गरेका छन्।

दुबईबाट नयाँदिल्लीहुँदै काठमाडौआएका उनी धनगढी पुगेपछि कोरोना भाइरसको लक्षण देखिएको थियो। स्वास्थ्य मन्त्रालयले शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकहरुले उपचारमा बेवास्ता गरेका उनले आरोप लगाएका छन्।

पहिलोपोस्टसँग कुरा गर्दै उनले भने, ‘मेरो स्वास्थ अवस्था सामान्य छ, उच्च ज्वरो, रुघाखोकी केही छैन। तर पनि डाक्टरहरुले मलाई शव राख्ने घरको अर्कोतर्फ एउटा कोठामा अलग्गै राखेका छन्। र हिजोबाट पानी समेत दिएनन् र सोधपुछ गर्न पनि आएका छैनन्।’

अस्पतालकको आइसोलेन कक्षमा रहेको उनले हाल घरैबाटै खाना ल्याएर खाएको बताए।

दुबईबाट नयाँ दिल्लीमा साढे छ घण्टा ट्रान्जिट बसेका उनीले एक दिन काठमाडौमा बिताएका थिए। त्यसपछि उनी नेपालगन्जबाट कोहलपुर-अत्तरीया-धनगढी हुँदै ८ गते घर पुगेको थिए।

अस्पतालमा रहेका उनले आफूसँगै आएका विराटनगरका साथीलाई पनि हिजो नै फोन गरेर आफूमा भाइरस देखेको बताइसकेका छन्। यस्तै, काठमाडौ आफन्तकोमा बसेको ठाउँमा समेत उनले खबर गरिसेका छन्।

यता, अस्पतालले भने आफूहरुले उपचारमा बेवास्ता नगरेको दाबी गरेको छ। आफूहरुले पूर्ण सुरक्षा सतर्कता अपनाएर उपचारमा लागिपरेको अस्पतालले बताएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर पाँचमा स्थायी घर भएका ती युवाको परिवारमा ८ सदस्य रहेका छन्। अहिले उनका परिवारका सबै सदस्यलाई आइसोलेसनमा राख्न सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ। उनीहरुको स्वाब संकलन गरेर काठमाडौं पठाउने काम भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा जगदीश जोशीले सबैलाई निगरानीमा राखेर काम भइरहेको बताएका छन्। उपचारमा सकेसम्म आफूहरू प्रयत्नशील रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell