PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कोभिड-१९ को संक्रमणबाट बेलायतमा नेपाली मूलका एकै परिवारका दुई जनाको निधन



पहिलोपोस्ट

कोभिड-१९ को संक्रमणबाट बेलायतमा नेपाली मूलका एकै परिवारका दुई जनाको निधन
सुधीर शर्मा र उनकी छोरी पूजा। Photo: The Sun

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणकै कारण बेलायतमा एकै परिवारका दुई जनाको निधन भएको छ। बेलायती अनलाइन द सनका अनुसार हिथ्रो अन्तर्राष्ट्रिय विमास्थलको अध्यागमन कार्यालयमा कार्यरत नेपाली मूलका ६१ वर्षीय सुधीर शर्माको बुधवार मृत्यु भएको हो।

त्यस्तै २४ घण्टाभित्र नै उनकी छोरी त्यहाँको फार्मासिस्ट पूजाको मृत्यु भएको हो। शर्मा हिथ्रो विमानस्थलको टर्मिनल ३ मा कार्यरत रहेका थिए। अधिकारीहरुले शर्मा काममा रहँदा संक्रमित नभएको बताएका छन्। उनी जनवरी सातदेखि बिदामा थिए।

सनले विमानस्थल स्रोतलाई उदृत गर्दै लेखेको छ, ‘यो एउटा दुःखद समाचार हो। उनी प्यारा थिए।’

उनको मृत्युसँगै उनको परिवारको चिन्ता पनि थपिएको उल्लेख छ। आइसोलेसनकै कारण उनको परिवारले उनको शव प्राप्त गरेको छैन। 

पश्चिम लण्डन निवासी उनमा पछिल्ला वर्षमा स्वास्थ्य समस्या देखिएको थियो। तर, पछिल्ला दिनहरुमा उनी विमानस्थलमा अग्रपंतिमा रहेर काम पनि गरिरहेका थिए। 

उनकी छोरी पूजा इस्टवुर्ने डिस्ट्रिक जनरल अस्पतालमामा काम गर्थिन्। उनी तीन दिनदेखि मेडिकल केयरमा थिइन्।

उनीहरुबीच बुबाको मृत्यु अगाडि निकट सम्पर्क थियो वा थिएन भन्ने यकिन भइसकेको छैन।

‘सुधीर सम्मानीत कर्मचारी थिए। अनुभवी अधिकारी थिए। उनको अभाव सबैले महसुस गर्ने छन्’, हिथ्रोका बोर्डर फोर्स निर्देशक निक जारिवालाले भने।

यसैबीच हिथ्रो विमानस्थलमा काम गर्ने कर्मचारीहरुमा त्रास फैलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell