PahiloPost

Jan 9, 2026 | २५ पुष २०८२

सेता कपडा लगाउनेहरु (कविता)



पहिलोपोस्ट

सेता कपडा लगाउनेहरु (कविता)

-दीपक एम.सी.

आमा!

मलाई तपाईंले सिकाउनुभो-

भगवान मन्दिरमा हुन्छन् भनेर!

सानो मान्छेलाइ सायद थोरै

बुझ्न सम्झन सक्दैन धेरै

भनेर होला तपाईंले!

आज तपाईंले भनेका जस्तै भगवान

सेता कपडा लगाएर

मन्दिरमा हैन- हस्पिटलमा व्यस्त छन!

सायद सानोमा तपाईंले मलाई

फकाई फकाई

सम्झाएका भगवान यिनै होलान्!

 

आमा अब म धजा चढाउदा

सेतो मात्रै चढाउछु!

मलाई सेतो रङ्ग सँग

प्रेम भएको छ।

भक्ती भावले भरिएको छ।

म यी सेता कपडा लगाउनेलाई

तुलना गर्दछु- भगवान सँग मात्रै हैन

वीर योद्धाहरु सँग पनि।

मलाई लाग्छ यिनीहरू भक्ती थापा हुन्!

अमरसिंह हुन् अनि वीर बलभद्र पनि!

अग्रमोर्चामा रहेर लडिरहेछ्न्

तपाइँ हाम्रा खातिर।

 

सुन्द्छु इटालीमा एक सेतो कपडा लगाउनेले

ज्यान आहूती दिइन् अरे!

हाम्रा वीर सहिदले जस्तै।

अनि फेरि तुलना गर्दछु,

यी सेता कपडा लगाउनेहरुलाई-

दशरथ चन्द, धर्मभक्त माथेमा,

शुक्रराज अनि गंगालाल सँग पनि।

दुश्मनसँग लड्दा लड्दै

जब दुश्मनले कब्जा गर्‍यो

ती सेता कपडा लगाउनेलाई

उनले आफ्नो प्रवाह नगरी

हाम्रै खातिर ज्यान उत्सर्ग गरिछन्!

दुश्मनहरु सल्बलाउछन् भनेर!

दुश्मन सँग लड्ने त्यो मनलाई सलाम!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell