PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

लकडाउनका बेला : औषधि घरमा, फोनकै भरमा



प्रकाश भण्डारी

लकडाउनका बेला : औषधि घरमा, फोनकै भरमा

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि अहिले देश लकडाउनमा छ। लकडाउनपछि धेरैजना घरमै बसिरहका छन्। अति आवश्यक बाहेकका सेवासुविधामासमेत रोक लगाइएको छ। औषधि पसलहरु सन्चालन गर्न दिने भनिए पनि घर टाढा भएकाहरुका लागि सहज छैन।

यसै विषयलाइ मध्यनजर गरी घरघरमै औषधि पुर्‍याइरहेको छ इजी केयरले। 

कसरी आइपुग्छ घर सम्मै औषधि?

इजी केयरले भाइबरमार्फत अर्डर लिन्छ। त्यसका लागि उनीहरुले भाइबर नम्बर छुट्याएका छन्। भाइबरमा चिकित्सकले दिएको सल्लाहसहितको पूर्जाको फोटो खिचेर पठाएमा इजि केयरले घरमै पुर्‍याइदिन्छ औषधि। यसका अलवा ह्वाटस एप र फेसबुक तथा वेबसाइटमार्फत पनि अर्डर लिने गरेको इजी केयरले जनाएको छ।

कस्ता कस्ता औषधि आइपुग्छ घरमा

इजी केयरका सन्चालक सुप्रित बास्कोटा जुनसुकै औषधि पनि घरमै पुर्‍याउने बताउँछन्। आफूहरुसँग नभएको औषधि पनि खोजेर पुर्‍याउने गरेको उनले दाबी गरे। 'औषधि पसलमा पनि सबै औषधि हुदैन। हामी त खोजेर पनि औषधि पुर्‍याइरहेका छौ। त्य सैपनि हामीसँग धेरैले औषधि खरिद गर्छन्', उनले भने।  

२ हजार जनालाई सर्भिस

रिङरोडदेखि सात किलोमिटरको दुरीसम्म बाइकमार्फत औषधि पुर्‍याइरहेको छ इजी केयरले। बिहान ८ बजेदेखि राति ८ बजेसम्म नै सेवा उपलब्ध हुने सन्चालक बास्कोटा बताउछन्। यसरी उनीहरुबाट औषधि लिने ग्राहक २ हजार छन्। साढे ३ वर्षदेखि घरघरमै औषधि पुर्‍याइरहेको बास्कोटाले बताए।

एमआरपीमा १२ प्रतिशत छुट

डेलिभरीको पैसा नलिने इजी केयरले एमआरपीमा १२ प्रतिशत छुट दिइरहेको छ। '२० रुपैयाँको औषधि मगाए पनि हामी पुर्‍याउँछौं। एमआरपीमा १२ प्रतिशत छुट हुन्छ,', उनले भने।

सजगता अपनाउँदै, औषधि पुर्‍याउँदै

कोरोनाको सजगताका लागि उनीहरुले डेलीभर गरेको औषधि २४ घण्टापछि मात्र प्रयोग गर्न सेवाग्राहीलाई सुझाव दिने गरेको बास्कोटाले बताए। त्यसो त पैसा लिँदा र औषधि दिँदासमेत दुरी कामय गर्ने गरेका छन्। इजी केयरले अनलाइन औषधि सेवालाई पोखरा र विराटनगरमा पनि विस्तार गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell