PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना संक्रमित धनगढीका युवाको स्वास्थ्यबारे चिकित्सकले लिए जानकारी, ‘उनको उपचारमा कुनै कमजोरी भएको छैन’



एम बम

कोरोना संक्रमित धनगढीका युवाको स्वास्थ्यबारे चिकित्सकले लिए जानकारी, ‘उनको उपचारमा कुनै कमजोरी भएको छैन’

कैलाली : कोरोना भाइरस संक्रमण पुष्टि भएका धनगढीका युवाको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले जानकारी लिएका छन्। सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय, डाक्टर शेरबहादुर कमर, निराजनदत्त शर्मा पौडेल, जगदिश जोशी लगायतले उनको स्वास्थ्य अवस्था बारे बुझेको अस्पतालले जानकारी दिएको छ।

ती युवाले शुक्रवार कोरोनाको पुष्टि भएयता आफूलाई अलग्गै राखिएको र कसैले पनि आफ्नो स्वास्थ्य अवस्था बारे चासो नदिएको गुनासो गरेपछि चिकित्सकहरुले उनलाई भेटेका हुन्। उनलाई भेटेर फर्किएका डाक्टर कमरले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

उनले भने, ‘आइसोलेसनमै खाना र तातो पानीको पनि व्यवस्थापन गरिएको छ। केही समस्या भए फोन गर्नु भनेका छौं। अस्पतालमा ड्युटीमा रहेका चिकित्सकहरुले बेला–बेला उनको स्वास्थ्य अवस्था बुझिरहनेछन्।’

सेती प्रादेशिक अस्पतालले उनको उपचारमा कुनै कमजोरी नभएको दावी पनि गरेको छ। उनलाई अस्पतालको छुट्टै कोठामा राखिएको छ।

यसैबीच उनको सम्पर्कमा आएका ९ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ। धनगढी ५ तारानगरका ती युवकका ८ जना परिवारका सदस्य र अस्पताल पुर्‍याउने आफन्तलाई क्वारेन्टाइनमा राखिएको हो।

उनीहरुको सामान्य स्वास्थ्य परीक्षणपछि धनगढी रंगशालामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell