PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’ : आज साँझ ५ बजे फेसबुकमै हेर्नुस् नाटक ‘राजेन्द्रलक्ष्मी’



पहिलोपोस्ट

‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’ :  आज साँझ ५ बजे फेसबुकमै हेर्नुस् नाटक ‘राजेन्द्रलक्ष्मी’

काठमाडौं : शुक्रबार भर्चुअल नाट्य महोत्व सुरु भयो। थिएटर मलले विश्व रङ्गमञ्च दिवसको अवसरमा ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’ आयोजना गरेको हो।

एक साता लामो महोत्सवको दोस्रो दिन, शनिबार नम्रता केसी निर्देशित नाटक ‘राजेन्द्रलक्ष्मी’ देखाइने भएको छ। नाटक थिएटर मलको अफिसियल फेसबुकमार्फत् साँझ पाँच बजे प्रशारण हुनेछ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै यस उत्सव सुरु गरिएको हो। पाकिस्तानी नाटककार शाहिद नदीमले लेखेको रङ्गमञ्च बर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ देखाइएको थियो।

‘रङ्गमञ्चमै उपस्थित भएर हेरेजस्तो अनुभूति नभए पनि दर्शकले भिडियो स्वरूप पनि मन पराउनु भएको पायौं’, निर्देशक श्रेष्ठले भने। उनका अनुसार यस आपतकालिन स्थितिमा दर्शक र रङ्गमञ्च जोड्ने अभियानका रुपमा महोत्सवलाई व्याख्या गरे।

आज प्रशारण हुने नाटक ‘राजेन्द्रलक्ष्मी’ नेपालकी पहिलो महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मी देवी शाहको जीवनकथामा आधारित छ। नाटकमा उनको जीवन संघर्षलाई उनी र समकालीन महिलाको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ। 

यो पनि पढ्नुस् : इतिहासको चर्चा गर्ने नृत्य नाटिका अर्थात्, 'राजेन्द्रलक्ष्मी'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell