PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड-१९ विरुद्धको लडाईमा बेलारुसका राष्ट्रपति भन्छन्, 'भोड्का ढलाउ, अनि काममा जाउ' : फुटबल लिग पनि जारी



विधुर ढकाल

कोभिड-१९ विरुद्धको लडाईमा बेलारुसका राष्ट्रपति भन्छन्, 'भोड्का ढलाउ, अनि काममा जाउ' : फुटबल लिग पनि जारी

काठमाडौं :  मार्च २८ सम्म आइपुग्दा विश्वका २०२ देश/क्षेत्रहरुमा कोभिड-१९ को संक्रमण फैलिएको छ। युरोपका सबै देशमा यसको संक्रमण देखिइसकेको छ। शुक्रवारमात्र दुई नयाँ देशमा कोभिड-१९ को संक्रमण देखियो।

विश्व स्वास्थ संगठनले स्वास्थ्य गाइडलाइन बनाएर अत्यावश्यक उपाय अपनाउन अनुरोध गरेको छ। मार्च २५ सम्म १३६ वटा देशले थप स्वास्थ्य उपायहरु अपनाइएका छन्। विश्व स्वास्थ्य संगठनको आर्टिकल ४३ अनुसार उनीहरुले अन्तर्राष्ट्रिय ट्राफिकलाई नियन्त्रण गरेका छन्।

जसमध्ये अधिकांश युरोपेली मुलुकहरु विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाएका छन्। बाँकी युरोपले सटडाउन गर्दा बेलारुस भने पूर्ण रुपमा खुला छ।

पूर्व सोभियत रिपव्लिक बेलारुसका होटलहरुले अझै खाना खुवाइरहेका छन्। देशको फुटबल लिग चलिरहेको छ।

घातक कोभिड-१९ विरुद्ध युरोप लडाइमा जुटिरहेका बेला युरोपको ढोकाका रुपमा रहेको बेलारुसमा यहाँ कुनै चेकजाँच छैन।

त्यहाँका राष्ट्रपति अलेक्जेन्डर लुकासेनकोले नै अहिलेको विश्वव्यापी महामारीलाई 'साइकोसिस'को उपमा दिँदै विश्वले अपनाइरहेको लकडाउनलाई कार्यान्वयन गर्न अस्विकार गरेका छन्। विश्व स्वास्थ्य संठनको पछिल्लो रिपोर्टअनुसार बेलारुसमा हालसम्म ८६ जनामा संक्रमण देखिएको छ।

उनले आफ्ना नागरिकहरुलाई खेतमा काम गर्न प्रेरित गरिरहेका छन्। 'ट्र्याक्टरले यसलाई निको पार्छ। सबैलाई जमिनले निको पार्छ,'  उनले भनेका छन्। उनी आफैमा पूर्व किसान हुन्। उनी बेलारुसको सत्तामा १९९४ मा आएका थिए।

सामाजिक सञ्जालमा उनको यो भनाइ भाइरलसमेत भइरहेको छ।

यहाँको लिग फुटबल पनि चलिरहेको छ। खेलकुदका लागि आवश्यक उपायहरु अपनाइएको छ। दैनिक दुई पटक मैदान डिसइन्फेक्ट गरिएका छन्। खेल हेर्न पुग्ने दर्शकहरुको थर्मल क्यामेराबाट तापक्रम नापिएको छ।

रुसको टेलिभिजन च्यानल म्याच टिभीले प्रत्यक्ष प्रसारणको अधिकार लिएको छ। बेलारुसको फुटबल फेडेरेसनका प्रवक्ता अलेक्सान्डर अलेइनिकले खेलकुद मन्त्रालयको सबै सुझावहरुलाई अपनाइएको भन्दै फ्यानसँग सम्पर्कमा रहेका सबैलाई पञ्जा दिइएको बताए।

यद्यपि यहाँ खेल हेर्न आउनेको संख्या आधाले घटेको छ। दर्शकलाई रंगशालामा दुरी कायम गर्न लगाइएको छ।

बेलारुसमा अर्को भनाइ भनि चर्चामा छ यतिबेला- पहिला भोड्का ढलाउ अनि काममा जाउ। यहाँ फुटबलमात्र चलिरहेको छैन आइस हक्कीका खेल पनि भइरहेका छन्।

बेलारुसको फुटबल विश्वका मानिसका लागि चाख लाग्दो पनि होइन। युरोपेली फुटबलका ५६ सदस्य मध्ये बेलारुस ३२ औं स्थानमा छ। फिफा वरीयतामा यहाँको राष्ट्रिय टोली ८७ औं स्थानमा छ।

सोनी इसपीएनले यहाँको फुटबलसम्बन्धी रिपोर्ट प्रकाशित गरेको छ- 'बेलारुस कसरी कोरोना भाइरससँग लडिरहेको छ: पहिला भोड्का दोस्रो फुटबल'।

बेलारुस यतिबेला विश्वका फुटवले प्रेमीहरुमाझ केन्द्रबीन्दुमा छ।

त्यहाँका राष्ट्रपतिले नै सुझाव दिएका छन्- 'साउना लिउ, केही भोड्का ढलाउ र काममा जाउ।' बेलारुसका सबै छिमेकीले सीमा नाका बन्द गरिसकेका छन्।

युक्रेन पोल्याण्ड, रुस, लिथुआनिया, लाटभियाबीचको ९.५ मिलियन जनसंख्या भएको बेलारुसमा यहाँको वायुसेनाले हवाई सैन्य अभ्यास गरिरहेको छ। राष्ट्रपति अलेक्जेन्डरले पाँच छिमेकी देशले सीमा बन्द गरेसँगै मुर्खतापूर्ण कामको संख्या दिए।

उनले  आफ्नो कदमलाई बचाउ गर्दै आएका छन्। शुक्रवारमात्र ट्रम्पले माक्स लगाइरहेको भन्दै रोगभन्दा पनि खराब भएको बताएका थिए।

'जीवन अगाडि बढिरहेको छ। तिमीले यसलाई रोक्न सक्दैनौं,' उनले भनेका छन्। मे ९ मा आयोजना गरिने विजयोत्वस नरोकिनेसमेत बताइसकेका छन्। यसदिन दोस्रो विश्वयुद्का भेट्रानहरु जम्मा भएर मनाउँदै आएका छन्।

भाइरसभन्दा पनि खतरनाक आफैमा भाइरस भएको उनको भनाइ छ। राष्ट्रपतिले सुरक्षा निकायलाई कोरोना भाइरसबाट मृत्यु भएको भन्ने हल्ला गर्नेलाई कारवाही गर्न निर्देशन दिइसकेका छन्।

उनले सर्वसाधारणलाई नियमित हात धुन तथा नियमित खाना खान अनुरोधसमेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell