PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सिमरामा बन्यो प्रदेश २ कै नमुना आइसोलेसन र क्वारेन्टाइन वार्ड



राधेश्याम पटेल

सिमरामा बन्यो प्रदेश २ कै नमुना आइसोलेसन र क्वारेन्टाइन वार्ड

वीरगंज : सम्भावित कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सहज उपचार गर्न बाराको सिमरामा प्रदेश २ कै नमुना आइसोलेसन र क्वारेन्टाइन वार्ड निर्माण भएको छ। जितपुरसिमरा उपमहानगरका मेयर डा कृष्ण पौडेलको पहलमा तराई यातायातको भवन नजिक रहेको पुरानो गार्मेन्ट उद्योग परिसरमा ४० बेडको आइसोलेसन र ६० बेडको क्वारेन्टाइन वार्ड स्थापना गरिएको हो।

आगामी दिनमा कोरोना महामारी बढ्न सक्ने चिकित्सकहरुको तर्क अनुसार पूर्वतयारीको लागि सिमरामा आइसोलेसन र क्वारेन्टाइन वार्ड निर्माण गरिएको मेयर पौडेलले जानकारी गराए। सिमरामा निर्माण गरिएको आसोलेसन वार्ड निरीक्षणको लागी वीरगंजका मेयर विजयकुमार सरावगी पुगेको थिए। उनले मेयर पौडेल र सुरक्षा अधिकारी तथा मेडिकल टिमको प्रशंसा गर्दे कोरोना रोगीको उपचारमा आवश्यक परे आफूले पनि सहयोग गर्न प्रतिबद्धता जनाएका छन्।

कोभिड-१९ ले विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा प्रदेश नम्बर २ मा डाक्टर तथा खानपिनको व्यवस्थासहितको वार्डहरु तयार पारेकोमा स्थानीयले पनि सहयोग गर्ने जनाएका छन्। जितपुरसिमरा उपमहानगरले कोरोना विपद्सँग लड्न ५० लाखको विपद् कोष खडा गरेको छ।

यसैबीच, बाराको कलैया अस्पतालमा २ जना कतारबाट आएका र १ जना ओमानबाट आएकालाई आइसोलसन वार्डमा राखिएको छ। २५, २९ र ३२ उमेरका उनीहरु कलैया उपमहानगरका स्थायी बासिन्दा हुन्। यसैगरी जितपुरसिमरा घर भई भारत र तेस्रो मुलुकबाट आएका ४५ जनालाई जितपुरसिमरा उपमहानगरपालिकाले रेकर्ड राखेर सेल्फ क्वारेन्टाइनमा बस्न लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell