PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मुर्गा बनाउनदेखि ठिङ्ग्रिङ्ग उभ्याउनसम्मका सजायँ : प्रहरी कर्मचारीलाई नै दिइएन हिँड्न

मुर्गा बनाउनदेखि ठिङ्ग्रिङ्ग उभ्याउनसम्मका सजायँ : प्रहरी कर्मचारीलाई नै दिइएन हिँड्न

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : लकडाउनको समयमा कसैलाई पनि घर बाहिर ननिस्किन भनिएको छ। तर, सरकारको अनुरोधको अवज्ञा गर्दै सडकमा हिँड्ने मानिसको सङ्ख्या बढ्दै गएको छ। अवज्ञा गर्ने मानिसको सङ्ख्या बढेपछि अहिले प्रहरीले कारबाही पनि कडा बनाउन थालेको छ।

शनिवार मध्यान्हसम्म ५ सय जना मानिसलाई काठमाडौं प्रहरीले कारबाही गरेको थियो। प्रहरीले नियन्त्रणा लिएका उनीहरुलाई परिस्थिति हेरेर कारबाही गरिरहेको छ। अत्यआवश्यक काम जस्तै बिरामी भएको खण्डमा कसैलाई पनि रोकतोक गरेको छैन। तर, त्यत्तिकै घरबाहिर निस्किएकालाई भने सडकमा नै उभ्याएर राख्ने गरेको छ।

सडकमा प्रहरीले १ देखि २ घण्टा राखेपछि घर नै फर्कायो। कतिलाई त सडकमा नै उठबसदेखि मुर्गा समेत बनाएको देखियो। त्यसो त प्रहरीले ड्रेसमा नभएका र ड्युटीमा नपरेका प्रहरी कर्मचारीलाई समेत कारबाही गरेको छ। शनिवार बालाजु चोकमा भेटिएका प्रहरीकै हवल्दार पनि कारबाहीमा परे। नुवाकोटबाट ललितपुर हिँड्दै जान लागेका उनलाई प्रहरीको परिचयपत्र देखाएपछि जान दिइएन। घर नै फर्काइयो।



ट्रेन्डिङ पोस्ट

Ncell