PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

लकडाउनमा रक्सी पसल खोल्न माग गर्दै ऋषि कपूरले भने: मदिराले तनाव कम गर्नेछ



पहिलोपोस्ट

लकडाउनमा रक्सी पसल खोल्न माग गर्दै ऋषि कपूरले भने: मदिराले तनाव कम गर्नेछ
PHOTO : IANS

बलिउड अभिनेता ऋषि कपूरले लकडाउनमा निश्चित समयका लागि मदिरा पसल खोल्न माग गरेका छन्। भारतमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन २१ दिन लामो लकडाउन गरेका बेला अभिनेता कपूरले घरभित्र बसेर दिक्क भएका मानिसलाई मदिराले तनावमुक्त बनाउने भएकाले साझको समयमा सरकारले मदिरा पसल खोल्न दिनुपर्ने धारणा राखेका छन्।

उनले ट्वीट गरेका छन्, सरकारले साझको समयमा सबै मदिरा पसल खोल्नुपर्छ। मलाई गलत नसम्झिनु होला, तर मानिसहरु घरमा बसेर डिप्रेशनमा विताउन बाध्य छन्। चिकित्सक र सुरक्षाकर्मीलाई पनि तनावबाट मुक्ति चाहिन्छ। त्यसो त लुकीछिपी विक्री भइरहेकै अवस्था छ।

उनले अहिलेको समयमा मदिरालाई कानुनी मान्यता दिन समेत माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell