PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माथिल्लो निकायको प्रहरीलाई निर्देशन : अरुले सहयोगमा दिएको चाउचाउ र पानी समेत नखानुहोला



पहिलोपोस्ट

माथिल्लो निकायको प्रहरीलाई निर्देशन : अरुले सहयोगमा दिएको चाउचाउ र पानी समेत नखानुहोला

काठमाडौं : सरकारले देशभर नै लकडाउन घोषणा गरेपछि २४ सै घण्टा सडकमा सुरक्षाकर्मी खटिएका छन्। सडकमा खटिएर सुरक्षाकर्मीलाई खाजाको राम्रो व्यवस्थापन हुन नसक्दा कतिपय स्थानमा अरुले सहयोग गरेका चाउचाउ र पानी खाएर भएपनि ड्युटी गरिरहेका छन्। 

पछिल्लो समय सामाजिक सञ्जालमा सुरक्षाकर्मीको खाजालाई लिएर बहस भएपछि तालुक निकायले आफ्ना मातहतका कर्मचारीलाई कसैले दिएको खानेकुरा नखान निर्देशन दिएको छ। शक्रवार दिउँसो सडकमा खटिएका सुरक्षाकर्मीलाई मातहतका प्रहरीले रेडियो सेटमा नै खाना नखान सूचना जारी गरेका थिए।

‘हामीलाई चाउचाउ र पानी समेत नलिनु भन्ने आदेश आएको छ,’ एक प्रहरी अधिकृतले भने।

त्यस्तै ड्युटीमा खाटिएका प्रहरीलाई सम्बन्धित परिसर, वृत्त, प्रभागले नै खाजाको व्यवस्था गर्न समेत निर्देशन दिएको छ। सशस्त्र प्रहरीले भने केही दिनअघि नै आफैले खाजाको व्यवस्था गरेको थियो। अहिले काठमाडौंमा मात्र ४ हजार भन्दा बढी खटिएका छन्। सरकारले मंगलवार ६ बजेदेखि १८ गतेसम्मको लागि लकडाउन घोषणा गरेको छ। लकडाउनको समयमा कसैलाई पनि घरबाहिर ननिस्कन भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell