PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटकलाई बसमार्फत पठाइयो काठमाडौं



रासस

लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटकलाई बसमार्फत पठाइयो काठमाडौं
फोटो : रासस।

पोखरा : लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटकलाई शनिवार बसमार्फत काठमाडौं पठाइएको छ। लकडाउनसँगै होटेल तथा रेस्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडौंसम्म पुर्‍याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध संघ संस्थाले स्थानीय प्रशासनसँग पहल गरेका थिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई काठमाडौंसम्म पुर्‍याउने व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पहल गरिरहेका छन्। फ्रान्सलगायतका केही देशले यसअघि नै हवाईजहाज चार्टर गरेर पोखराबाट काठमाडौं लगिसकेका छन्।

शनिवार तीन ठूला र चार साना गरी सातवटा सवारी साधनमार्फत पर्यटकलाई काठमाडौं पठाइएको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए। शनिवार अधिकांश पर्यटकलाई काठमाडौं पठाइएको बताउँदै उनले बाँकी रहेका पर्यटकलाई पनि स्थानीय प्रशासनसँगको पहलमा पठाइने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell