PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

बेलायतमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो



पहिलोपोस्ट

बेलायतमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
Photo: Isabel Infantes/AFP via Getty Images

बेलायतमा शुक्रवार कोरोना भाइरस (कोभिड-१९)का कारण आउटब्रेक भएदेखिकै धेरै मानिसको मृत्यु भएको छ। सोसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या १ हजार १९ पुगेको छ

डिपार्टमेन्ट अफ हेल्थका अनुसार शुक्रवार बेलुका ५ वजेसम्म (स्थानीय समय) २६० जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिनसम्म ७५९ जनाको मृत्यु भएको थियो।

शुक्रवारको मृत्युदर ३४ प्रतिशत छ, जुन १८ मार्चदेखि यताकै उच्च हो। १८ मार्चमा ४६ प्रतिशत मृत्युदरसहित मृत्यु हुनेको संख्या ७१ बाट १०४ पुगेको थियो।

शनिवार बिहान ९ वजेसम्म (स्थानीय समय) बेलायतमा १ लाख २० हजार ७७६ जनाको परीक्षण गर्दा १७ हजार ८९ जनामा कोरोना पोजिटिभ भेटियो।

 

मृत्यु हुनेमध्ये २४६ जना ३३ देखि १०० वर्षसम्म उमेर समूहका रहेका इङल्यान्डको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले पुष्टि गरेको छ। त्यसमा पनि १३ जना बाहेक अन्यमा पहिले नै विभिन्न स्वास्थ्य समस्या थियो। इङल्यान्डमा हालसम्म ९३५ जनाको मृत्यु भएको छ।

यता वेल्समा ४, स्कटल्यान्डमा ७ र उत्तरी आयरल्यान्डमा २ जना नयाँ बिरामीको मृत्यु भएको छ। त्योसँगै हालसम्म वेल्समा ३८, स्कटल्यान्डमा ४० र उत्तरी आयरल्यान्डमा १५ जनाको मृत्यु भएको छ।

बेलायतमा कोभिड-१९ बाट पहिलो मृत्यु भएको १३ दिनपछि मृत्यु हुनेको संख्या १०० पुुगेको थियो। त्यसको १० दिनपछि अहिले एक हजार नाघेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell